काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुइ अध्यक्षले नेकपा संस्थागत हुन नसकेको निष्कर्ष निकालेका छन् । आइतबारबाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा पेश भएकाे राजनीतिक प्रतिवेदनमा नेकपा संस्थागत ढंगले चल्न नसकेको तथा अन्योलग्रस्त अवस्थामा रहनुका साथै गुटबन्दी मौलाएको निष्कर्ष निकालिएको छ ।
प्रचण्डले बैठकमा जारी गरेको प्रतिवेदनको ‘पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा’ उपशीर्षकमा पार्टी एकताको ऐतिहासिक महत्त्व र देशको राजनीतिक निकासमा एकताले असाधारण भूमिका खेलेपनि पार्टी एकतालाई पूर्णता दिन भएको ढिलाइका कारण पार्टीमा अन्योल र गुटबन्दी मौलाएको उल्लेख छ ।
‘पार्टी एकतालाई पूर्णता दिन भएको ढिलाइ, पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण र स्कुलिङको अभावका कारण आज पार्टी संगठन अन्योलग्रस्त अवस्थामा रहेको छ । पार्टी संस्थागत छैन । बरु विभिन्न प्रकारका गुटहरु झाँगिदै जान थालेका छन्’, प्रचण्डले भनेका छन् । त्यस्तै उनले पार्टीभित्र घात अन्तर्घात र अराजकताका प्रवृत्तिहरु बढिरहेको उल्लेख गरेका छन् ।
‘पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ । पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने खतरा दिनप्रतिदिन बढ्दै गएको छ’, प्रचण्डको ठहर छ ।
त्यस्तै उनले आलोचना, आत्मआलोचना राम्रो काम गर्नेहरुलाई प्रोत्साहन, गल्ती गर्नेलाई दुरुत्साहन गर्नेजस्ता सजिव र गतिशीलता कम्युनिस्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालना नभएको बताएका छन् ।
प्रचण्डले पार्टीलाई सही ट्रयाकमा हिँडाउन र सुधार गर्न केही सुझावहरु पनि प्रस्तुत गरेका छन् । उनले भनेका छन्, ‘विचार र विधिमा स्पष्टतासहित दृढ इच्छाशक्ति र संकल्पका साथ अगाडि बढ्नुको विकल्प छैन ।’
पार्टी सुधारका लागि प्रचण्डले पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवादको दर्शन, राजनीतिक अर्थशास्त्र एवम् वैज्ञानिक समाजवादका बारेमा व्यवस्थित र योजनावद्ध स्कुलिङ सञ्चालन गर्ने कामलाई पार्टीको आधारभूत कामका रुपमा अगाडि बढाउनुपर्ने सुझाव दिएका छन् ।
‘मार्क्सवाद लेनिनवादका आधारभूत सिद्धान्तबारे आधारभूत र उपल्लोस्तरसम्मको ज्ञानका लागि आवश्यक परीक्षा प्रणाली समेत अपनाउन जरुरी छ,’ प्रचण्डको राजनीतिक प्रतिवेदनको ५ नम्बर पेजमा भनिएको छ ।
त्यस्तै पार्टीको राजनीतिक प्रतिवेदन र विधानबारे पनि प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । जसमा भनिएको छ, ‘आज हाम्रो पार्टीको रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम समाजवाद हो तथा तत्कालीन ठोस कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद हो भन्ने कुरा स्पस्ट गरिनुपर्छ ।’
त्यस्तै प्रचण्डको प्रतिवेदनमा मदन भण्डारी र जनताको बहुदलीय जनवादको योगदान तथा माओवादी जनयुद्ध र एक्काइसौँ शताब्दीको जनवादबारे उल्लेख छ ।
प्रचण्डको आठ बुँदे सुझावमा पार्टी र सरकारका विरुद्ध जनतामा भ्रम छर्नेगरी पार्टी अनुशासन र पद्धति विपरित बोल्ने लेख्ने, भेला बैठक गर्ने काम बन्द गर्नुपर्ने उल्लेख छ । ‘अनुशासनहीन काम गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्छ,’ सुझावमा भनिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस