एक तथ्यांकका अनुसार संसारभर करिब १६ लाख बालबालिकाहरु निमोनियाबाट मात्र मृत्यु भएको देखिन्छ । निमोनियाले प्रति वर्ष विश्वभर १५ करोड ५० लाख बालबालिका बिरामी पर्छन् । निमोनिया ५ वर्ष मुनिका बालबालिकाहरुको मृत्युको एउटा प्रमुख कारण हो ।
५ वर्ष मुनिका बालबालिकाको मृत्यु मध्ये १५ प्रतिशत मृत्युको कारण निमोनिया हो । निमोनियाबाट बालबालाईलाई समयमै नजोगाएमा सन् २०३० सम्ममा विश्वभर १ करोड १० लाख बालबालिकाको मृत्यु हुने अनुमान गरिएको छ ।
के हो निमोनिया ?
निमोनिया भनेको फोक्सोमा हुने संक्रमण हो । निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने कोखा हाल्ने समस्या हुन्छ । कडा निमोनियाले बालबालिकाको मृत्यु समेत हुनसक्छ ।
निमोनियाबाट बच्चालाई जोगाउने ६ तरिका
१-बच्चाको सही हेरचाह नै रुघाखोकीबाट उनीहरूलाई जोगाउनु हो । जस्तै चिसो भन्दैमा धेरै कपडा लगाइदिन हुँदैन । चाहिनेभन्दा धेरै कपडा लगाइदिए पसिना आउँछ र त्यो शरीरमा नै सोसिन्छ । यसले झनै चिसो गराएर निमोनिया हुन सक्छ ।
२-हामीकहाँ बच्चालाई आगोमा सेकाउने चलन छ । यो एकदमै गलत काम हो । झ्यालढोका बन्द गरेर सेकाउनु झनै खतराजनक हुन्छ । धुवाँले बच्चाको फोक्सो असर गर्छ। कोइलामा सेकाउन पर्यो भने झ्यालढोका खुला राख्नुपर्छ । ह्यालोजन हिटरमा सेक्नु ठीक हुन्छ ।
३-जाडोमा बच्चालाई धेरै नुहाइदिन हुँदैन भन्नु पनि गलत हो । धेरै समय नुहाएन भने बच्चामा संक्रमण हुन्छ र बिरामी हुने सम्भावना हुन्छ । हप्तामा दुई पटक बच्चालाई नुहाइदिनु पर्छ । नुहाउन गाह्रो हुन्छ भने थोरै तातो पानीमा कपडा भिजाएर जिऊ पुछिदिन सकिन्छ । सके दैनिकरुपमा नभए पनि पसिना आएपछि चाहिँ कपडा फेरिदिनुपर्छ ।
४-राम्रोसँग हात धोएर, स्यानिटाइजर र मास्क लगाएर मात्र मात्रै बच्चा छुन पर्छ। रुघाखोकी लागेको छ भने ठूलो मान्छेले एन्टिबायोटिक खानुपर्छ जसले बच्चालाई संक्रमण हुनबाट जोगाउँछ। १२–१ बजेको घामले बच्चालाई हानी गर्ने हुनाले ८–९ बजे राख्नु राम्रो हुन्छ ।
५-बच्चालाई कहिले पनि फ्रिजबाट सिधै निकालेका खानेकुरा खुवाउन हुँदैन। रुघाखोकीका बेला दही र केरा नखुवाउने। सफा, तातो, झोलभएका खानेकुरा जस्तै जाउलो, दाल र गेडागुडीको रसका साथै प्रोटिन र भिटामीन सि भएका खानेकुरा खुवाउँदा बच्चाको स्वास्थ्यमा सुधार आउँछ ।
६-बच्चाले आफू बिरामी भएको आफैं व्यक्त नगर्ने हुँदा उनीहरूको दैनिक गतिविधि र आनीबानी हेर्नुपर्छ। राम्रोसँग खाना नखाने, नखेल्ने, स्याँ–स्याँ हुने जस्ता लक्षण देखिएमा बालबालिका बिरामी भएको बुझ्न पर्छ । यस्तो अवस्थामा उसलाई तुरुन्त अस्पताल लैजानपर्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस