सोल-एउटा अध्ययनका अनुसार धेरै आर्थिक आम्दानी भएका कोरियालीहरुमा सन्तान प्रतिको चाह कमजोर हुँदै गएको पाइएको छ ।
अध्ययनका अनुसार १० मध्ये ४ जोडीले बिवाह भएको ५ बर्ष सम्ममा पनि बच्चा जन्माउन नचाहेको देखिएको हो ।
कोरियामा करिव १.४३ मिलियन कोरियाली जोडीहरु मध्ये करिव ४०.२ प्रतिशत जोडीका बच्चा छैनन् । उक्त अध्ययनका अनुसार रोजगारमा आबद्ध जोडीहरु मध्ये ५४.३ प्रतिशतका मात्र सन्तान छन् जवकी परिवारका एक सदस्य रोजगारीमा जानेहरुको हकमा भने ६४.४ प्रतिशत जोडीका सन्तान छन् ।
१०० मिलियन कोरियन वन आर्जन गर्ने ४८.६ प्रतिशत भन्दा बढीका सन्तान नै छैनन् । त्यस्तै गरि ५० देखि ७० मिलियन कोरियन वन आर्जन गर्ने मध्ये ४१.३ प्रतिशत, र १० मिलियन वन तथा सो भन्दा कम आर्जन गर्ने ३६.५ प्रतिशत कोरियालीहरुका सन्तान छैनन् । (याद रहोस्, १ अमेरिकि डलर =१,१८८ वन)
अध्ययनका अनुसार आर्थिक आर्जन मात्र यो समस्याको कारण हैन । विवाहेत्तर सम्वन्ध, आफ्नो सुन्दर भविश्यको खोजी, आफ्नै घरवार बनाउने समयमा थोपरिएको आर्थिक भार लगायतका कारण उनिहरुमा सन्तान मोहमा कमी भएको अध्ययनले देखाएको छ । यदि राज्यले समयमै यो समस्याको समाधान तर्फ कदम नचालेमा परिणाम अझ भयावह हुने समेत अध्ययनले देखाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस