काठमाडाैं-कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबारको केन्द्रीय समिति बैठक बहिष्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सहमतिमा आउन आग्रह गरेका छन् । शनिवार पौडेललाई भेट्न काठमाडौंको बोहोराटारस्थित उनकै निवास पुगेका देउवाले छलफल र संवादमार्फत नमिलेका कुरा मिलाउँदै अघि बढ्न आग्रह गरेका हुन् ।
नेविसंघ र तरुण दलको नयाँ समिति तथा विभाग गठनमा सहयोग गर्न देउवाले आग्रह गरे पनि पौडेलले १४औं महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म केन्द्रीय समिति बैठकमा सहभागी हुन नसक्ने जनाउ दिएका छन् ।
विनासहमति विभागको संख्या थप्न प्रस्ताव ल्याएको, भ्रातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको, पार्टीको १४औं महाधिवेशनको कार्ययोजना नल्याएको भन्दै पौडेलसहित उनी पक्षधर नेताले बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका थिए । सभापति देउवाले बैठकमा हाल रहेका २८ विभागलाई बढाएर ४१ पुर्याउने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गरेका छन् ।
यही विषयमा सहमति खोज्दै उपसभापति बिमलेन्द्र निधिसहित आफूलाई भेट्न आएका देउवालाई पौडेलले पहिला कार्यतालिका ल्याउन सुझाव दिएका छलफलमा सहभागी पौडेल पक्षीय केन्द्रीय सदस्य हृदयराम थानीले जानकारी दिए ।
‘अरु कुरा तपशीलका हुन्,’ पौडेलले भने ‘१४औं महाधिवेशनको कार्यतालिका चाहिँ मेरो पहिलो प्राथमिकता हो, यो कुरा तपाईंहरुले बुझ्नुभयो भने सजिलो हुन्छ ।’
त्यसपछि देउवाले महाधिवेशनको कार्यतालिका नल्याउने भनेर आफूले कहिल्यै नभनेको स्मरण गराए । ‘पार्टीको आन्तरिक संरचना पहिला टुंगो लगाऔं, समायोजनको काम सकिएपछि कार्यतालिका ल्याउन सकिन्छ,’ देउवाको भनाइ उदृत गर्दै उपसभापति निधिले भने ।
देउवाले पार्टीको निर्वाचन समितिले समायोजनको काम सकेको प्रतिवेदन पेश गरेलगत्तै कार्यतालिका ल्याउने प्रतिबद्धता जनाए । ‘महाधिवेशनसम्बन्धी काम निर्वाचन समितिले नै गर्छ, केन्द्रीय समितिको बहुमतले कार्यसमितिको म्याद थप्ने र समायोजन गरिएका सदस्यताहरु अनुमोदन गर्ने हो । त्यो गर्ने निर्णय हामीले केन्द्रीय कार्यसमिति बैठकबाट गरेका छौं,’ पौडेललाई देउवाले स्मरण गराए ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कात्तिक मसान्तसम्म समायोजनको काम सक्ने र मंसिरमा महाधिवेशनको कार्यतालिका घोषणा गर्ने निर्णय गरेको थियो ।
यो विषयमा अहिले पौडेल र देउवा पक्षबीच आन्तरिक विवाद चुलिएको छ । त्यसैले दुवै पक्षले वार्ता गर्न आ–आफ्ना नेतालाई अघि सारेका छन् । पौडेल पक्षबाट प्रकाशमान सिंहको संयोजकत्वमा दीलेन्द्र बडू र हृदयराम थानी सदस्य रहेको वार्ता टोली सक्रिय छ भने देउवाका तर्फबाट उपसभापति निधि सक्रिय छन् ।
पौडेल पक्षले बहिष्कार गरेको बैठकमा सभापति देउवाले ९ एजेण्डा पेश गरेका छन् । ती एजण्डामाथि छलफल गर्न आइतबार पुनः बैठक बस्दै छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस