सरकारले पश्चिम लिम्पियाधुरासहितको भूभागलाई समेटेर नयाँ सार्वजनिक गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रमाण जुटाएर लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गर्ने बताएकी हुन् ।
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा सांसदहरूले भारतको नयाँ नक्सा र सरकारको आगामी कदमबारे प्रश्न गरेका थिए ।
सत्तारुढ नेकपाका नेता तथा समिति सदस्य भीमबहादुर रावलले आफ्नो भूमि राखेर नक्सा सार्वजनिक गर्न सरकारले कसको अनुमति वा सल्लाह खोजेको हो ? भनी प्रश्न गरेका थिए । उनले आफ्नो देशको नक्सा बनाउन सरकारलाई जोखाना हेरेर नबस्न सुझावसमेत दिए ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रावलले देशको प्रतीक चिन्हमा समेत आफ्नो भूभाग नराखेकोमा आपत्ति जनाउँदै प्रतीक चिन्हमा नेपालको भूभाग नराख्नेका बारेमा पनि छानबिन गरेर कारबाही गर्न माग गरे ।
सांसदहरूले नापी विभागले नक्सा सार्वजनिक नगर्दा गम्भीर प्रश्न उठेको टिप्पणी गरे ।
समिति बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले भारतले सीमामा गोर्खा राइफल्ससहित थप सुरक्षाकर्मी खटाएको भन्दै नेपालले पनि सुरक्षा बल विस्तार गर्ने बताए ।
गृहमन्त्री थापाले सन् १९६२ को भारत–चीन युद्धपछि झन्डै ४ सय किलोमिटर नेपाली क्षेत्र भारतले मिचेको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस