भक्तपुर- जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थिती गुण्डु बस पार्कदेखी घ्याम्पेडाँडासम्मको पदमार्ग तथा जीपलाईनको शिलान्यास भएको छ ।
घ्याम्पेडाँडा पर्यटन प्रबर्द्धन समिती तथा ताण्डव इन्भेष्टमेन्ट प्रा.लि.को संयुक्त आयोजनामा शुक्रबार भएको पदमार्ग तथा जीप लाईन शिलान्यास भएको हो ।
करिव ५ करोडको लागतमा आगामी तीन महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आज उक्त दुई आयोजनाको एकै पटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले शिलान्यास गरे ।
पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले गुण्डु बसपार्कबाट नयाँ संचालनमा आएको पदमार्गबाट पदयात्रा गर्दै कार्यक्रम स्थलमा पुगेर जीप लाईनको शिलान्यास गरिएको हो ।
घ्याम्पेडाँडा रानीकोट गढी हावाघरबाट सुरु हुने जीप लाईन पाईलट बाबा आश्रम पछाडिको नयाँ गाउँसम्म जाने गरि निर्माण हुने भएको हो । रानीकोट गढी हावाघरमा एउटा पोल र पाईलटबाबा आश्रम पछाडि रहेको नयाँगाउँमा अर्को पोल राखेर तारको माध्यमबाट प्राकृतिक सौन्दर्य अवलोकन गर्दै यात्रा गर्ने गरि जीप लाईनको सुरु गर्न लागिएको हो ।
नेपाल भ्रमण वर्ष २०२० लाई विशेष ध्यानमा राखी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षणको केन्द्रको रुपमा विकास गर्ने लक्ष्यका साथ उक्त आयोजना शुरु गरिएको आयोजकले जनाएको छ ।
पर्यटकलाई आकर्षण गर्न आयोजना निर्माणसँगै विशेष प्रकारको योजना सार्वजनिक गर्ने समेत लक्ष्य रहेको जनाइएको छ । १७४१ फिटको उचाईमा रहेको उक्त स्थान उपत्यकाकै प्रदुषण कम भएको ठाउँको रुपमा परिचित रहेको छ ।
काठमाडौँबाट १९ किलोमिटरको दुरीमा रहेको उक्त पर्यटकीय स्थान घ्याम्पेडाँडाबाट १७ वटा मनोरम हिमाली शृङ्खलाहरुको साथमा उपत्यकाका तीनवटै शहर देखिने क्षेत्र हो ।
उक्त स्थानमा नीजि क्षेत्रका लगानीकर्ताले विशेष लगानीको कार्यहरु गरिरहेका छन् भने पर्यटन क्षेत्रको विकासको लागि उक्त स्थानको नजिकै रहेको रानीकोटबाट प्याराग्लाइडिङको सफल परिक्षण सम्पन्न भइसकेको छ ।
पर्यटन विभागको केही समस्याका कारण सञ्चालनमा आउन केही ढिलाई भइरहेको बताइएको छ । उक्त स्थानमा बन्जी जम्पको प्रकृया समेत अघि बढेको छ भने आसपासका क्षेत्रहरुमा इको भिलेज, होम स्टेलगायतका पर्यटकीय क्षेत्रको कार्यहरु अघि बढेका छन् ।
कार्यक्रममा बोल्दै सांसद बस्नेतले विकास विरोधी तत्वहरु भक्तपुरवाट क्रमिक रुपमा विदाई हुने बताउँदै आफ्नो नेता तथा कार्यकर्तालाई भरण पोषणमा सिमित रही आफ्नो दुनो मात्र सोझ्याउने मात्र गरेको उल्लेख गरे ।
भक्तपुरमा उद्योगी व्यवसायीलाई निरुत्साहित गर्ने र संकिर्ण सोचाई भएका केही नेताहरुले विकासमा अबरोध पुर्याईरहेको बताउदै सांसद बस्नेतले भक्तपुर नगरपालिका तर्फ संकेत गर्दै भने – ‘यहाँका केही स्थानीय तहले पनि सार्वजनिक खरिद ऐन मिचेर उपभोक्ता मार्फत करोडौको निर्माण कार्य गरेर कार्यकर्ता पोस्ने काम गरिरहेका छन्, त्यस्ता नगरपालिकामा न त अख्तियार छिर्छ, न त राष्ट्रिय सर्तकता केन्द्र छिर्छ, न त पत्रकार नै छिर्ने आँट गर्छन् । तर त्यस्ता व्यक्ति तथा राजनीतिक दललाई अव जनता तथा कानुनले छुट दिने छैन । विकास र समृद्धिमा जति संक्रिर्ण सोच बोकेको राजनीतिक दल साँघुरो हुन्छन्, त्यती विलाउँदै जान्छन्, उनीहरुको स्थान पनि सानै हुन्छ । उनीहरुको विलय हुन्छ ।’
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले गुण्डुबाट घ्याम्पेडाँडा रानीकोटसम्मको ४५ मिनेटको पदयात्रामा पाथीभराको ताप्लेजुङ्ग, रसुवाको गोसाईकुण्ड र अन्नपूर्ण बेसक्याम्प गएजस्तै अनुभव हुने गरेको बताए ।
‘यहाँको पदयात्रामा चितुवा, मृग, बदेल, खरायो, कालिज लगायतका जंगली जनावर र पशुपंक्षीको अवलोकन गर्न सकिन्छ’– सांसद बस्नेतले भने – ‘१ हजार ७४१ मिटरको उचाईमा पर्ने यस क्षेत्रबाट १७ वटा हिमश्रृखला र उपत्यकाका तीन वटै शहरको दृश्यावलोकन गर्न सकिन्छ, त्यसैले अब घ्याम्पेडाँडा रानीकोट क्षेत्र आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्य बन्छ ।’
पाँच करोडको लागतमा सूर्यविनायकबाट उक्त स्थानसम्म पुग्ने दुई लेनको सडक बनिसकेको उल्लेख गर्दै उनले ललितपुरको बालकुमारीबाट १२.५ घ्याम्पेडाँडासम्म पुग्ने छोटो दुरीको रुपमा ४० करोडको लागतमा अर्को सडक निर्माणको प्रकृयामा रहेको जानकारी गराए ।
पाण्डुबजारबाट गुण्डु बस पार्कबाट उक्त स्थानसम्म पुग्ने सडक निर्माणको चरणमा रहेको जानकारी गराउँदै उनले सडक सञ्जालले जोडिएको क्षेत्र भएकाले पर्यटकीय तथा लगानीमैत्री वातावरणको रुपमा उक्त स्थानको परिचय फेरिदै गएको उल्लेख गरे ।
नीजि व्यवसायीलाई नकरात्मक रुपले चर्चा गर्नु गलत भएको उल्लेख गर्दै नीजि क्षेत्रको लगानी नभई विकास र समृद्धि हासिल गर्न नसकिने उल्लेख गर्दै उनले स्थानीय तहले नक्सा पास तथा करमा निश्चित समयसम्म छुट हुनुपर्नेमा जोड दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस