काठमाडौं-हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल नेपाली खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराइएको छ । पदक विजेताको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीलाई नगर परिक्रमा गराएको हो ।
नगर परिक्रमा त्रिपुरेश्वरस्थित राखेप हाताबाट सुरु भएको थियो । सुरुआतमा राखेपका उपाध्यक्ष एवं नेपाली टोलीका सेभ दि मिसन पिताम्बर तिम्सिना, संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, खेलाडी, प्रशिक्षक, संघका पदाधिकारीसहित टोली न्यु रोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क हुँदै भृकुटिमण्डपसम्म पैदल गएको थियो । पैदल नगर परिक्रमाका दौरान अगाडि भागमा नेपाली सेनाको व्यान्ड टोली थियो ।
भृकुटिमण्डपबाट सम्पूर्ण टोलीले भ्यानमा नगर परिक्रमा गरेका थिए । भृकुटिमण्डपबाट टोली सिंहदरबार, माइतीघर, थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुेश्वरस्थित राखेपको हातामा प्रवेश गरेपछि नगर परिक्रमा कार्यक्रम सम्पन्न भएको थियो ।
पूर्व निर्धारित कार्यक्रम अनुसार कोटश्वरदेखि सूर्यविनायकसम्म तय गरिएको रुट भने वर्षाका कारण स्थगित गरिएको थियो ।
मंसिर २४ गते सम्पन्न ७ राष्ट्र सहभागी सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै दोश्रो भएको थियो । जुन सागमा अहिलेसम्मकै नेपालको उत्कृष्ट प्रदर्शन हो ।
सन् १९९९ मा नेपालमै भएको आठौं संस्करणमा पनि नेपाल दोश्रो भएको थियो । त्यसबेला भने नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य जितेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस