अमरगढी– एक्कासि मौसममा आएको परीवर्तनसँगै बढेको चिसोले सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा वर्षाले जनजीवन प्रभावित बनेको छ भने पहाडी जिल्लामा हिमपात भएको छ ।
हिमपातका कारण ती क्षेत्रको जनजीवन प्रभावित भएको छ । बिहीबार रातिदेखि भएको हिमपातले डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा लगायतका पहाडमा हिमपातका कारण जनजीवन प्रभावित बनेको हो । रातिदेखि शुरु भएको वर्षाका कारण सिचो बढ्दै गएपछि परेको हिमपातले जिल्लाका सुदूपहाडको प्रवेशद्वार डडेल्धुराको भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । सवारी साधन सञ्चालन नआएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
चिसोका कारण पाँच वर्षमुनिका बालबालिकालाई नियोनिया हुन सक्ने भएकाले न्यानो पारेर राख्न र झोलिला खानेकुरा प्रशस्त खुवाउन चिकित्सकहरुले सुझाव दिएका छन् । यस वर्ष हिउँदयाममा समयमा वर्षा भएका कारण हिँउदेबाली सप्रिने भन्दै किसान भने खुशी भएका छन् ।
यतिबेला परेको पानीले गहुँ, जौ लगायतका अन्नबाली तथा लगायतका फलफूललाई राम्रो गर्ने कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले बताउनुभयो । सुदूरपश्चिमको प्रवेशद्वारमा रहेको पहाडी राजमार्ग भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको हगुल्डे र साँहु खर्कमा बढी हिमपात भएपछि पहाडी जिल्ला जोड्ने यातायात बन्द भएको बताइएको छ ।
यसैगरी बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत खोड्पे र बैतडी–दार्चुला सड्क खण्डअन्तर्गत सतबाँझमा हिमपात हुँदा उक्त सडकसमेत बन्द भएका छन् । तापक्रम घट्दै जानाका साथै मौसम पनि बिग्रँदो अवस्थामा रहेको बताइएको छ । बिहीबारदेखि तापक्रम झर्दो अवस्थाले गर्दा इन्टरनेटलगायतका सञ्चार सेवामा समेत अवरुद्ध भएका छन् भने हिमपातले लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्न असहज भएको उग्रतारा यातायात प्रालिले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस