सिञ्जा– मालपोत कार्यालय जुम्लामा अनलाइन प्रणालीबाट सेवा सञ्चालन भएदेखि सेवाग्राहीले दुःख पाएको गुनासो गरेका छन् । पहिले एक दिनमै हुने काम अहिले अनलाइनबाट हुँदा एक हप्तादेखि झण्डै एक महिनासम्म लाग्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।
कनकासुन्दरी गाउँपालिका–८ भट्टवाडाकी विष्णुमाया भट्टले मालपोत कार्यालय धाउन लागेको छ दिन भएको बताइन । अझै कति दिन लाग्ने भन्ने थाहा नभएको उनको गुनासो । भट्टवाडाकै कृष्ण भट्ट पनि मालपोत धाउन लागेको आठ दिन भयो । प्रणालीले काम नगर्दा काम हुन नसकेको कर्मचारीले बताउने गरेका उनको भनाइ छ ।
बिना पूर्वतयारी हतारमा अनलाइन प्रणालीबाट सेवा दिँदा यस्तो परिणाम आएको भट्ट बताउछन । गुठिचौर गाउँपालिका–४ प्याकुरेवाडाकी कर्मकन्या प्याकुरेल पनि मालपोत कार्यालय धाउन लागेको चार दिन भयो । उनि पनि कर्मचारीले इन्टरनेट छैन भनेर आफ्नो काम नभएको सुनाउछन । प्याकुरेलले वृद्ध सासूलाई यसरी हरेक दिन मालपोतमा ल्याउँदा दुःख भएको बताए ।
प्याकुरेवाडाकै कृष्णप्रसाद प्याकुरेलले टोकनअनुसार काम नभएको बताए । उनले २० दिन मालपोत धाउँदा पनि काम नभएको दुःखेसो पोखे । यसरी २० दिनसम्म मालपोत धाउँदा आफ्नो दैनिक कार्यमा बाधा पुगेको उनि सुनाउछन । मालपोत कार्यालयका प्रमुख मीनबहादुर रावलले इन्टरनेट नचलेकै कारण ढिला भएको स्वीकार गरे । बिहान–बेलुका इन्टरनेट चल्ने तर दिउँसो कार्यालय समयमा नचल्दा समस्या भएको प्रमुख रावलले बताए ।
इन्टरनेट नचल्दा दिनमा एक÷दुईवटा मात्र काम हुने गरेका उनले बताए । इन्टनेट नचलेर काम नहुँदा स्वाभाविक रुपमा सेवाग्राहीको गुनासो आउने गरेको उनको भनाइ छ । ढिलासुस्तीको समाधान हुन अझै केही दिन लाग्ने रावलले जानकारी दिए । उनले वृद्धवृद्धा, अशक्त जस्ता शारीरिक कमजोरी भएका बाहेक अरू सबैलाई टोकनअनुसार नै काम गरेको उनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस