ब्युटीटिप्स जेसिका मेकअप स्टुडियो एण्ड ब्युटी सलुन- तारा केसी कार्की काठमाडौँ : पार्टी मेकअप डे पार्टी एवं नाइट पार्टी गरी तिन थरिका हुन्छन् । यी दुई मेकअप गर्ने तरिका एउटै जस्तो छ, फरक मात्र प्रयोग गरिने रंगको हुन्छ । दिनमा लाइट र राति डार्क सेड्स सुहाउँदो हुन्छ । मेकअपभन्दा पहिले क्लिन्जिङ आवश्यक हुन्छ । यसबाट मेकअपमा अझ बढी निखार आउँछ । छाला सुख्खा छ भने क्लिन्जिङ मिल्क प्रयोग गर्नुपर्छ, ओयली छ भने क्लिन्जर छनोट गर्नुपर्छ । त्यसपछि मुहारमा टोनर लगाएर ५ मिनेट छोड्नुपर्छ अनि मेकअप प्रारम्भ गर्नुपर्छ ।
डे मेकअप : डे मेकअप केही लाइट हुनुपर्छ । त्यसैले दिउँसोका लागि लाइट सेड्स नै छनोट गर्नुपर्छ । मुहारको दाग-धब्बा एवं आँखामुनिको कालो घेरा लुकाउन त्यति नै भागमा कन्सिलर प्रयोग गर्नुपर्छ । गर्मीमा पसिनाको समस्या बढी हुन्छ, विशेषगरी दिउँसोको मेकअप टिकाउन वाटरप्रुफ मेकअप गर्नुपर्छ । कन्सिलरपछि स्किन टोन सुहाउँदो वाटरप्रुफ फाउन्डेसन लगाउनुपर्छ । त्यसपछि आई मेकअपको पालो आउँछ । त्यसका लागि आफ्नो पहिरनको रंग सुहाउँदो आइस्याडो छनोट गर्नुपर्छ । दिउँसो सिमर वा स्पार्कल आइस्याडो प्रयोग गर्नु हुँदैन । आइस्याडोपछि आइलाइनरको सिंगल कोट लगाउनुपर्छ । यसमा आफ्नो पहिरनको रंग सुहाउँदो आइलाइनर लगाउन सकिन्छ । आइलाइनरपछि गाजल लगाउनुपर्छ । दिउँसो लाइट गाजल र मस्काराको एउटै कोट लगाउनु उपयुक्त हुन्छ । लिपलाइनरले ओठलाई सही सेप दिनुपर्छ । ओठ पातलो छ भने आउट लाइनिङ ओठको रेखाभन्दा बाहिर अनि मोटो छ भने भित्र राख्नुपर्छ । मेट लिपिस्टिक प्रयोग गर्न सकिन्छ । ओठ फुटेको छ भने लिपिस्टिक प्रयोग गर्नुभन्दा आधा घन्टा पहिले लिप बाम प्रयोग गर्नु फाइदाजनक हुन्छ । त्यसपछि गालामा वाटरप्रुफ ब्लसर प्रयोग गर्नुपर्छ । छाला धेरै सुख्खा छ भने क्रिम बेस्ड ब्लसअन लगाउनु राम्रो हुन्छ । मेकअपका साथमा पर्फेक्ट हेयर स्टाइल पनि अत्यन्त जरुरी छ । साडीका साथमा डिजाइनर जुरो बनाउन वा केश खुल्ला छोड्न सकिन्छ ।
नाइट मेकअप : नाइट मेकअपमा सबैभन्दा पहिले मुहारमा क्लिन्जिङ गरी दाग-धब्बा र डार्क सर्कल्समा कन्सिलर प्रयोग गर्नुपर्छ । राति नर्मल फाउन्डेसनको ठाउँमा सिमरयुक्त फाउन्डेसन लगाउन सकिन्छ । राति डार्क सेड्सको आइस्याडोका साथ हाइलाइटर पनि प्रयोग गर्नुपर्छ । आइलिड माथिको भागमा कपर, सिल्भर, ब्लु, गि्रन आदि सेड्स प्रयोग गर्नु उपयुक्त हुन्छ । राति आँखालाई स्मोकी लुक प्रदान गर्न सकिन्छ । चाहनाअनुसार आइलिडमा सिमरयुक्त आइस्याडो पनि प्रयोग गर्न सकिन्छ । ग्लसी लुक प्राप्त गर्न आइस्याडोमाथि औंला प्रयोग गरी थोरै ग्लस लगाउनुपर्छ ।
विवाह पार्टीमा जाने हो भने आँखाको दुवै बाहिरी कुनामा स्टोन टाँस्न सकिन्छ । आइलाइनर र गाजल डब्बल कोट लगाउनुपर्छ । यसबाट आँखा राम्रोसँग हाइलाइट हुन्छ । नाइट पार्टीमा डार्क ब्लसअन प्रयोग गर्नुपर्छ । त्यसपछि ट्रान्सपरेन्ट पाउडर ब्रसका माध्यमले लगाउनुपर्छ । रातिको लिप मेकअप पनि डार्क हुनुपर्छ । यसका लागि डार्क सेडको पिंक, पर्पल, मरुन तथा रेड सेड्स आदि लिपिस्टिक प्रयोग गर्न सकिन्छ । लिपिस्टिकको कलर छनोट गर्दा आफ्नो छालाको रंगमा पनि ध्यान पुर्याउनुपर्छ । लिपिस्टिक लगाउनुभन्दा पहिले आफ्नो ओठलाई लिपलाइनरले सेप दिनुपर्छ । नाइट पार्टीका लागि हेयर स्टाइल पनि केही विशेष हुनुपर्छ । त्यसका लागि कुनै पनि हेयर स्टाइल बनाएर त्यसलाई ग्लिटर, स्टर्ड वा अरू कुनै हेयर एसेसरिजले सजाउन सकिन्छ । नाइट पार्टीमा कर्ल पनि आकर्षक देखिन्छ ।
हेर्नुहोस तरिका :
फाउन्डेशन
त्वचासँग म्याच गर्ने फाउन्डेशनले अनुहारलाई एक राम्रो बेस दिन्छ । कुनै पनि अवसर तथा उत्सवका लागि तयार हुनुपूर्व फाउन्डेनको सही छनौट र उसलाई लगाउने सही तरिका जान्नु जरुरी हुन्छ । जब पनि तपाईंले फाउन्डेशन खरिद गर्नुहुन्छ, त्यतिबेला ख्याल गर्नुपर्ने हुन्छ त्यो तपाईंको त्वचासँग म्याच गर्ने खालको हुनुपर्छ । तपाईंको अनुहारको रंगसँग फाउण्डेशन पनि मिल्ने खालको हुनुपर्छ ।
आइस्याडो
आफ्नो चिउँडोलाई अगाडि बढाएर माथि गर्नुहोस् । नाकको टुप्पोटितर हेर्नुहोस् । ब्रशको मद्दतले आइस्याडोलाई आँखाको एक कुनादेखि अर्को कुनासम्म फैलाउनुहोस् । यस्ता गर्दा तपाईले लगाएको आइस्याडो कृत्रिम देखिनेछैन ।
आइलाइनर
आइलाइनर लगाउने बेला ऐनाको अगाडि झुक्नुभन्दा आफ्नो टाउँकोलाई पछाडि झुकाउनुहोस् । र आँखाभैंलाई माथि खिच्नुहोस् । अब आइलाइनरको पेन्सिलाई बरौनिमा सिधा राख्नुहोस् । आँखा पटक पटक झुकिरहेका छन् भने केही सोच्नुहोस् । सम्पूर्ण ध्यान बरौनिमा राखेको पेन्सिलमा दिनुहोस् । अब बिस्तारै आँखालाई आकर्षक आकार दिएर रेखा खिच्नुहोस् ।
ब्लशर
ब्लशरलाई एकतर्फको गला फुकाएर हल्का मुस्कुराउँदै लाउँदा राम्रो हुन्छ । मुख बन्द गर्नुहोस् । ओठका कुनाहरु माथि उठाउनुहोस् । गलाको ठीक माथि ब्लशर लगाउनुहोस् । पाउडर ब्लशर के लिए रेगुलर र क्रीम ब्लशरका लागि काबुकी ब्रस प्रयोग गर्नुहोस् ।
लिपस्टिक
ओठलाई सामान्य मुद्रामा राख्नुहोस् । अनि विस्तारै हल्का मुस्कुराउनुहोस् । लिपलाइनरले ओठमा आकार दिनुहोस् । ओठा पातला छन् भने प्राकृतिक लाइनभन्दा अलिकति बाहिर लाइन बनाउनुहोस् । अब लिप ब्रसको मद्दतले एक शेड हल्का कलरले ओठ भर्नुहोस् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस