हाम्रो शरीरलाई चाहिने विभिन्न पोषक तत्वमध्ये काजु पनि एक हो । शरीरको आवश्यक खाद्यवस्तुमा पर्ने काजुका अनेक गुण छन् ।
स्वास्थ्यवर्द्धक काजु नियमित सेवनले शरीरको स्फूर्तिका साथै चौतर्फी विकास हुनेमा स्वास्थ्य विज्ञहरूको राय छ । काजु एक प्रकारको मसला हो । काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु खानमा जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक पनि हुन्छ ।
काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर लगायतका तत्व भरपुर मात्रामा पाइन्छ । यी तत्वले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले, हरेक दिन काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । आज हामीले हाम्रा पाठकवर्गलाई काजु खानुका केही फाइदाबारे जानकारी गराउँदै छन् । जुन तपाईंको स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छन् ।
यस्ता छन् काजु खानुका फाइदाहरु
१- दिमाग तेजिलो बनाउँछ
काजुमा एक प्रकारको तेल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ । खाली पेटमा काजु र मह खाँदा मानिसको स्मरणशक्ति वृद्धि हुनुका साथै दिमागलाई तेज बनाउँछ ।
२- थकान हटाउँछ
काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ ।
३-अनुहार चम्किलो बनाउँछ
काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
४-युरिक एसिड हुन दिँदैन
काजु खानाले शरीरमा युरिक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर, त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।
५- रक्तचाप नियन्त्रण गर्छ
काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ ।
६- कोलेस्टेरोल घटाउँछ
हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रित रहन्छ ।
७- मुटु बलियो बनाउँछ
काजुमा पाइने ओलिक एसिडले मुटुलाई स्वस्थ र बलियो राख्छ । यसका अतिरिक्त काजुमा पाइने विभिनन तत्वले मुटुका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छन् । काजुमा पाइने मोनो स्याचुरेटेड फ्याक्टले मुटु स्वस्थ्य राख्छ ।
८-डायबेटिज नियन्त्रण गर्छ
काजु खानाले शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज नियन्त्रित अवस्थामा रहन्छ ।
९-पोषण प्रदान गर्छ
काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छन् । यिनले हड्डी, दाँत आदिलाइ बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन् ।
१०- यौन क्षमतामा वृद्धि
काजु खानाले यौन क्षमतामा वृद्धि गर्छ ।
११- क्यान्सर हुनबाट जोगाउँछ
यसमा पाइने भिटामिन ई तथा सेलेनियमले क्यान्सर हुनबाट जोगाउँछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस