जाडो महिना सुरु हुने बित्तिकै बजारमा सिजन अनुसारको सागसब्जीहरु निस्कन थाल्छन् । जाडो महिनामा बजारमा मेथीको साग प्रसस्त पाइने गर्छ । मौसम अनुसार हरेक फलफुल र सागसब्जीको आफ्नो आफ्नो महत्व हुने गर्दछ । मेथीको साग जाडो महिनाको लागी निकै लाभदायक हुन्छ ।
मेथीको सागले पुर्याउने ८ फाइदाहरु यस्ता छन्
१) पाचन पक्रियालाई मद्धत –
मानिसहरुलाई जाडो महिनामा चिसोको कारण पाचन पक्रियामा समस्या आउने गर्छ । ग्यास्ट्रिक र कब्जियतको समस्याले बडी सताउने गर्छ । मेथीको साग खानाले पाचन प्रक्रियामा मद्धत पुग्छ र यसले खाना पचाउन मद्धत गर्छ । कब्जियतको समस्यालाई आराम दिन यस्ले ठुलो मद्धत गर्छ ।
२) जोर्नीको समस्यालाई फाइदा –
मेथीको साग खानाले जाडो महिनामा चिसोको कारणले जोर्नी दुख्ने समस्या निको हुने गर्छ । मेथीको बिउ वा पात दुबैले जोर्नी दुखाइ कम गर्न मद्धत गर्छ ।
३) कपाललाई फाइदा –
मेथीको पात हाम्रो कपालको लागी निकै उपयोगी छ । यसको पात पिसेर कापालमा लगाउनाले कापाल बाक्लो र कालो भएर आउने गर्छ । यसले कपाल झर्ने समस्या पनि निको पार्न मद्धत गर्छ ।
४) रुघाबाट बचाउँछ –
यदी रुघा लागेर हैरान हुनुहुन्छ भने मेथी र तेल तताएर शरीरमा दल्ने गर्नुहोस । यसले गर्दा शरीरमा चिसो लाग्दैन र रुघा निको हुने गर्दछ । यसले शरीर न्यानो पार्ने काम गर्छ ।
५) मधुमेहलाई फाइदा –
मधुमेह रोगीको लागी मेथीको साग निकै लाभदायक छ । हरेक दिन मेथीको साग खानाले शरीरमा चिनीको मात्रा नियन्त्रण हुन्छ । यसले मधुमेह निको पार्न मद्धत गर्छ ।
६) अनुहारको सुन्दरता बढ़ाउँछ –
अनुहारको सुन्दरता बढाउनमा पनि मेथी कम्ति प्रभावकारी हुँदैन । यसलाई पिसेर अनुहारमा लगाउँदा त्वचामा चमकका साथै असिलोपन आउँछ । यसका अलावा रुखो त्वचा हुनेहरुका लागि यो अत्यन्त लाभप्रद हुन्छ ।
७) रक्तचापको समयालाई फाइदा –
मेथीको हरियो पत्ताको तरकारीमा प्याज हालेर खाँदा तपाईंले रक्तचापको समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ । न्यून रक्तचाप हुनेहरुका लागि पनि मेथीको मसलावाला सागले फाइदा पुर्याउँछ । खासगरी अदुवा र गरम मसला यसमा लाभकारी हुन्छन् ।
८) मुटुलाई फाइदा –
मेथीको साग नित्य सेवन गर्दा मुटुसम्वन्धी रोगलाई नजिक आउन दिँदैन । यसले हृदयघातको सम्भावनालाई निमिट्यान्न बनाउँछ र तपाईं आफ्नो मुटुलाई पूर्णरुपमा स्वस्थ राख्न सक्नुहुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस