सोल-इवा महिला विश्वविद्यालयको उद्योग सङ्गठनले हालै गरेको एक अध्ययन अनुसार दक्षिण कोरियामा रहेका सय उत्तर कोरियाली महिला मध्ये ३७ जना उत्तर कोरियाली महिला कामदारहरु कुनै न कुनै किसिमको हिंशाको शिकार भैरहेका छन् ।
त्यसमा पनि ति महिला कामदारहरु यौनिक हिंसा तथा न्युन ज्याला लगायतका समस्याबाट पिडित रहेको उक्त अध्ययनले देखाएको छ ।
अध्ययनका अनुसार हाल दक्षिण कोरियामा ३२,७०५ उत्तर कोरियाली विरोधिहरु बसोवास गर्दै आएका छन् जसमा करिव ७२ प्रतिशत अर्थात २७,५०६ जना महिला रहेका छन् ।
अध्ययनका अनुसार विद्रोही महिलाहरुमाथिको विभेद भर्ना प्रकृयाबाट नै सुरु गरिन्छ र उनिहरुलाई दिइने पारिश्रमिक पनि नियमित नहुने अध्ययनले देखाएको छ । यो विभेदको मुख्य कारण उनिहरुको उत्तर कोरियाली भाषा, बोलीमा रहने कडाइपना तथा उनिहरुको राष्ट्रियता रहेको अध्ययनले देखाएको छ ।
अध्ययनका अनुसार उत्तर कोरियाली महिलाहरु दोहोरो विभेदको शिकार भइरहेका छन् । एकातर्फ उहि काममा दिइने न्युन पारिश्रमिक भने अर्को तर्फ यौनिक हिंसा । एउटै काममा दक्षिण कोरियालीहरुलाई दिइने पारिश्रमिक र उत्तर कोरियाली विद्रोही महिलाहरुलाई दिइने पारिश्रमिकमा पनि विभेद गरिने गरिएको पाइएको छ ।
अध्ययनको सहजिकरण गर्दै आउनुभएका इहुवा महिला विश्वविद्यालयका नर्थ कोरियन स्टडिज विभागका प्रोफेसर किम सुक ह्याङ्गका अनुसार देशको कानुनले उत्तर कोरियाली महिलाहरुको मानव अधिकारको संरक्षण गर्न कदम चाल्नु पर्दछ जसको फलस्वरुप उत्तर कोरियाली महिलाहरु दोहोरो विभेदको शिकार हुनबाट बच्नेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस