काठमाडाैं-सरकार कूटनीतिक क्षेत्रको भूँमरीमा नराम्रोसँग फसेको छ । अपरिपक्व कूटनीतिक चालका कारण सरकारले एकपछि अर्को असफलता व्यहोर्नु परिरहेको छ ।
सम्पूर्ण मुलकु राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताकाृ पक्षमा एकजुट हुँदा र प्रमुख प्रतिपक्षी दललेसमेत खुलेर साथ दिएको अवस्थामा पनि सरकारले देशको महत्वपूर्ण भूभाग अर्को देशले कब्जा गरी नक्सामासमेत समावेश गरेकोमा सम्बन्धित देससँग अहिलेसम्म सामान्य वार्ता गर्न नसक्नुले सरकारको सिथ्िित उदांगो पारेको छ ।
भारतले ५७ वर्षदेखि गर्न नसकेको दुस्साहस लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो देशको नक्साभित्र समावेश गरेकोमा सरकारले अहिलेसम्म भारतीय राजदूतलाई बोलाएर विरोध जनाउने हिम्मतसम्म पनि गरेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीइ प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न भनि विशेष दूत बनाएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई मोदीले आफूसँग भेट नगर्ने बुझेपछि भारत जाने आँट गरेनन् । ओलीको यो प्रयास दुई देशबीचको वार्ता नै नभइ तुहिएको छ ।
त्यस्तै नेकपाका प्रमुख कार्यकर्ताहरूलाई चीन लगेर साम्यवादबारे प्रशिक्षण दिने पूर्व निर्धारित कार्यक्रमको आड लिएर नेकपा अध्यक्ष प्रचण्ड स्वयं चीन जाने र भारतले कब्जा गरेको भूभागलाई ओपचारिकता दिएपछि उत्पन्न चुनौतीको सामाना गर्नका लागि चीन सँग छलफल गर्न जान लागेकोमा उनको भ्रमण पनि स्थगित भएको छ ।
अहिले नेकपा अध्यक्ष प्रचण्डले नचाहेसम्म भूमि कब्जाको विषय अन्तर्राष्ट्रियकरण हुन सक्दैन । तर यो मुद्दा अन्तर्राष्ट्रिय स्तरमा लिएपछि आफ्ना द्वन्द्वकालीन मुद्दा पनि ब्यूँतिने त्रासले प्रचण्डले अन्तर्राष्ट्रियकरण नभइ कूटनीतिक तवरबाट समाधान गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस