जाडो याममा मुटु रोगीलाई थप सचेत हुनु आवश्यक छ । चिसोले मुटु रोगीलाई स्वास्थ्यसम्बन्धी उच्च जोखिम निम्त्याउन सक्छ । चिसोले मुटु र रक्तसञ्चारलाई प्रभावित पार्छ । यो मौसममा शरीरलाई न्यानो राख्न मुटुले झन् बढी परिश्रम गर्नुपर्छ । यसैले गर्दा जाडोयाममा रक्तचापसँगै मुटुको चालसमेत बढ्छ ।
तापक्रममा कमी आउनासाथ हाम्रो शरीरको रगतको नली खुम्चिन्छ । अनि शरीरलाई न्यानो राख्न रगतकोप्रवाह तीव्र हुन्छ । यो अवस्थामार गत पनि बाक्लो हुन्छ । यस्ता परिवर्तनहरूका कारण मुटुमा समस्या उत्पन्न हुन सक्छ, खासगरी यदि तपाईंलाई पहिलेदेखि नै मुटुसम्बन्धी समस्या छ भने ।
जाडोले रगतमा समेत परिवर्तन ल्याउँछ । यसका कारण रगत जम्ने जोखिम उत्पन्न हुनुका साथै यसले हार्ट अटयाक वा स्ट्रोक/पक्षाघातसम्म गराउन सक्छ । हार्ट अटयाक रक्तचाप र रगतमा कोलेस्ट्रोलको मात्रा जाडो याममा बढ्न सक्छ |
१-मुटुसम्बन्धी समस्या भएकाहरूले जाडो याममा बढी चिसो भएका बेला मर्निङ वाक वा इभिनिङ वाक गर्नुहुन्न ।
२-घाम लागेपछि हिँड्नु नै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दिनहुँ व्यायाम गर्नु वा पैदल हिँड्नुपर्छ ।
३-शरीरलाई सकेसम्म न्यानो राख्नु पर्छ ।
४-घरबाट निस्किँदा टाउको, घाँटी, कानलाई राम्ररी छोप्नुपर्छ । बाक्ला मोजा र पन्जा लगाउन भुल्नु हुन्न ।
५-मुटु रोग भएकाहरूले जाडो याममा नियमित रूपले रक्तचाप, चिनी, कोलेस्ट्रोल आदि परीक्षण गर्नुपर्छ । आफूले जचाउँदै आएका मुटु रोग विशेषज्ञसँग समेत नियमित अन्तरालमा जचाउन बिर्सनु हुन्न ।
६- मदिरा सेवन नगर्ने -जाडोको अनुभूति कम गर्न मद्यपान गर्ने अवैज्ञानिक चलन छ, जुन ठीक होइन । अझ, मुटुको रोग भएकाहरूका लागि त जाडोमा मद्यपान ज्यान जोखिममा पार्ने अवस्था हो । मदिराले न्यानो अनुभूति गराए पनि मद्यपानपछि हाम्रो शरीर चिसो भइरहेको हुन्छ ।
७-यो मौसममा शरीर सुक्खा राख्नुपर्छ । पानीले भिजेका लुगाफाटाले शरीरलाई चाँडै चिसो बनाउँछन् ।
८-तातो खाने (जंकफुड नखाने),झोल कुरा धेरै खाने,मनतातो पानी पिउने
९-मुटुका बिरामीले निन्द्राको विशेष ख्याल गर्नुपर्छ। कम्तीमा पनि ६ घण्टा सुत्नु पर्छ।
१०-सकारात्मक सोच राख्ने र आत्मविश्वासी बन्नुपर्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस