तुलसीपुर- प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको टरिगाउँ विमानस्थलको अनुगमन गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित उक्त विमानस्थलको आज अनुगमन गरेका हुन् ।
कुनै समय यात्रु अभावमा अवरुद्ध भए पनि पछिल्लो समय दैनिक दुई उडान थालेकाले उक्त विमानस्थलको धावनमार्ग विस्तारको अवस्थाका बारेमा उहाँले अनुगमन गरेका हुन् । अहिले धावनमार्ग सानो हुँदा साना जहाज मात्रै आउने गरेकाले अब ठूला जहाज ल्याउनका लागि धावनमार्ग विस्तार गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।
“अहिले धावनमार्ग सानो छ, ठूला जहाज आउन सकेको अवस्था छैन”, उनले भने, “अब यसलाई विस्तार गरी ठूला जहाज ल्याउन आवश्यक छ ।” उनले धावनमार्ग विस्तारका लागि केन्द्रीय सरकारले बजेटमा समेटेकाले अहिले ७५० मिटर रहेको उक्त धावनमार्गलाई एक हजार २०० मिटर बनाउने समेत बताए ।
स्थानीय सरकारले नियमित हवाई सेवा शुरु गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले अब प्रदेश र केन्द्रीय सरकारले नियमित हवाई सेवा शुरु गर्ने गरी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै नियमित हवाई सेवालाई थप सहज बनाउनका लागि इन्धन डिपो स्थापना गर्नसमेत पहल थाल्ने उनले बताए । त्यस अवसरमा प्रदेशसभा सदस्य बिमला ओली, उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे लगायतको टोलीले अनुगमन गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस