भक्तपुर- विकास र समृद्धिको तिव्र यात्रामा रहेको भक्तपुरमा विकास निर्माणका कार्यलाई दिगो, प्रभावकारी र स्थायीत्वमा जोड दिँदै निर्माणाधिन आयोजनाको छड्के निरिक्षणलाई विशेष प्राथमिकता दिईने गरेको छ ।
यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा सडक डिभिजन कार्यालय भक्तपुरबाट विनियोजित रु १ करोडको लागतमा सूर्यविनायक नगरपालिका वडा नं १ बिरुवा बसपार्कबाट सिरुटार चारदोवाटोसम्म २ कि.मी सडकमा भैरहेको ओभरले कालोपत्र (आसपाल पिच)को स्थलगत निरीक्षण गरिएको छ । निरिक्षणका क्रममा सांसद बस्नेतको नेतृत्वमा वडा अध्यक्ष सानुकाजि श्रेष्ठ लगायतका स्थानीयवासीको सहिभागितमा छड्के निरिक्षण गरेको हो ।
नीरिक्षणका क्रममा सांसद बस्नेतले विकास निर्माणको कार्यक्रमा दिगो र स्थायीत्वलाई विशेष ध्यषन दिन सवैलाई आग्रह गरे । विकास निर्माणका कार्यमा आएक कुनै पनि समस्या समाधान गर्न जनप्रतिनिधि हाजिर हुने बताउँदै निर्माण कम्पनीले दिगो र स्थायीत्वलाई विशेष ध्यान दिन आग्रह गरे |
विगतमा बत्ती मुनिको अध्यारो भने जस्तै राजधानीसँगै रहेको जिल्ला भक्तपुरमा जनताको इच्छा, चाहना र आवश्यकता अनुसार विकास हुन नसक्दा उपत्यकाकै विकट ठाउँको रुपमा परिचित थियो । यसको मुख्य कारण नै निर्वाचित जनप्रतिनिधिले निर्वाचित भएपश्चात आफ्नो ठाउँलाई ध्यान नदिनु हो । विगत करिव २० वर्ष नेतृत्व गरेका राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिले कुनै पनि योजना ल्याउन नसक्नु नै जनताको विकास प्रतिको चाहनामा तुसारापात हुनु हो ।
तर पछिल्लो दुई वर्षमा भक्तपुरको मुहार फेरिदै गएको छ । यसमा वर्तमान जनप्रतिनिधिको विकास प्रतिको दृढता नै हो । आफ्नो जीवनकाल नै सामाजिक विकास र समृद्धिमा लगाउने उद्घोषका साथ सांसद बस्नेतको नेतृत्वमा हाल भक्तपुरमा जनताको आवश्यकता तथा चाहना अनुसार सडक, खानेपानी, ढल, शिक्षा, स्वास्थ्यलगायतका राष्ट्रिय गौरवका आयोजनाहरु समेत तिव्र गतिका साथ निर्माण कार्य अघि बढेका छन् ।
पछिल्लो समय विकास र समृद्धिमा मुलुककै उदारणीय जिल्लाको रुपमा भक्तपुरलाई लिन सकिन्छ । जस्तै भक्तपुर जिल्लाको पूर्व, पश्चिम, उत्तर र दक्षिण चारै तिर जोड्ने सडक निर्माण, हनुमन्ते नदी सफाई अभियान, अरनिको राजमार्ग सफाई अभियान, हरियाली प्रवद्र्धन, राज्यको शुन्य लगानीमा गरिने विभिन्न कार्यहरुलाई विशेष रुपमा लिन सकिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस