काठमाडौं – ग्लोबल आइएमई बैंक देशकै ठूलो वाणिज्य बैंक बनेको छ । स्थापनाको १३ वर्षमै ग्लोबल आइएमई मर्जरबाट सबैभन्दा ठूलो बैंक बनेको हो ।
मर्जर तथा एक्वायरको पर्यायवाची नै बनेको यो बैंक १८ बैंक तथा वित्तीय संस्था आपसमा मर्ज भएर बनेको संस्था हो ।
पछिल्ला दुई दशकमा व्यवसायमा उल्लेख्य प्रगति हासिल गरेको आइएमई समूहका अध्यक्ष चन्द्र ढकाल बैंकका पनि अध्यक्ष छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएटतर्फका उपाध्यक्ष पनि हुन् ।विभिन्न संस्थाहरु मर्ज गरेर ग्लोवल आइएमई बैंकलाई नम्बर वान बनाउन ढकालले ठूलो मेहनत गरे ।
मर्जसँगै बैंकको चुक्ता पुँजी १९ अर्ब, कूल प्राथमिक पुँजी २४ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । यस्तो वित्तीय विवरण हाल सञ्चालनमा रहेका कुनै पनि बैंकको छैन ।
७७ वटै जिल्लामा ३०० भन्दा धेरै शाखा, २५९ वटा एटीएम बुथ, २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा प्रतिनिधि कार्यालय ३ वटा गरी कूल सञ्जाल ८ सय ३८ पुगेका छन् ।
त्यसैगरी, बैंकमा ३२५० भन्दा बढी कर्मचारी र २० लाख ग्राहक छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस