जाडोको बेला भाइरस तथा व्याक्टेरिया सक्रिय हुन्छन। यसबाट कोल्ड डायरिया, निमोनिया, दम, बाथ, उच्च रक्तचाप, एलर्जीलगायत समस्या देखापर्ने सम्भावना बढी हुने चिकित्सक बताउँछन्।डाक्टरका अनुसार, बाहिरी वातावरणसँग शरीरको तापक्रमलाई सन्तुलनमा राख्न सक्ने सामथ्र्य नभएका शिशु र ज्येष्ठ नागरिकलाई हाइपोथर्मियाले सताउने जोखिम हुन्छ।
चिसोमा एक महिनासम्मको शिशुलाई हाइपोथर्मिया हुने डर हुन्छ। हाइपोथर्मिया भएका शिशुलाई जति खुवाए पनि हृष्टपुष्ट नहुने समस्या हुन्छ।
जाडो सिजनमा शरीरलाई ठिक्क न्यानो बनाइराख्नु पर्छ। अन्यथा शरीरका अंग नै शिथिल हुने डर हुन्छ। एउटै कोठामा गुजुमुज्ज बस्दा स्वासप्रश्वाससम्बन्धी रोग सर्ने सम्भावना बढी हुन्छ।
जाडोमा भरभित्र पनि प्रदूषण उत्पन्न भइरहेको हुन्छ। न्यून आय भएका समुदायमा घरभित्र दाउरा वा गुईंठा बास्ने चलन अझै छ। दाउरा तथा गुईंठाबाट निस्कने धुवाँले घरभित्र प्रदूषण उत्पन्न हुन्छ। कोठाभित्रै मकलमा आगो बालेर शिशुलाई सेक्ने चलन राम्रो होइन। सेकेर फाइदा छैन। धुँवा प्रदूषण हो। बच्चाले श्वास फेर्दा नाकमुखबाट भित्र पस्छ। सुत्केरी र बच्चा दुवै जनालाई फाइदा हुँदैन |
मकलमा दाउरा वा गुईँठा बालेर आगो बालेर ताप्दा धुवाँमा कार्बन डाइअक्साइड, कार्बनमोनो अक्साइड, सल्फर डाइअक्साइड लगायत विषालु ग्यास निस्केको हुन्छ। यसले वायु प्रदूषण बढाउँछ। वायु प्रदूषणमा बस्नेलाई जीवनको उत्तराद्र्धमा अल्जाइमर्स, डिमेन्सियाको समस्याले सताउने हुँदा स्वास्थ्यमा गम्भीर असर पार्छ।
धुवाँका कारण नै शिशुको मस्तिष्कको विकासमा समेत असर पुग्छ। शरीरलाई तातो बनाइराख्नु पर्छ। मुटु, फोक्सोलगायत अंग सञ्चालन हुन लागि शरीर पनि तातो हुनु पर्छ। बाहिरबाट तातो वातावरण नभएको अवस्थामा अंगले शक्ति खर्च गरेर शरीरलाई तातो बनाउनुपर्ने हुन्छ। यसो गर्दा शरीरमा सञ्चित शक्ति खर्च हुन्छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस