धरान-धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरे । नवनिवार्चित मेयरको पदभारभन्दा पनि बुधबार बिहानैदेखि कर घटाउने विषयले चर्चा पायो। चुनावअघि कांग्रेस र नेकपा दुवैले कर घटाउने घोषणा गरेका थिए। चुनावमा नेकपा पराजित भएपछि कांग्रेसबाट विजयी मेयर राईले पदभार ग्रहणसँगै कर घटाउनेबारे विशेष निर्णय लिने अनुमान गरिएको थियो।
मेयर राईले पदभार ग्रहण गर्नुअघि नै मंगलबार साँझ नै नेकपाले ‘करको दर पुनरावलोकन गरी तत्काल करका दर घटाउने कार्य सुरु गर्न आफ्नो संसदीय दललाई निर्देशन दिएको’ विज्ञप्ति जारी गर्यो। यता, नवनिवर्चित मेयर राईले बुधबार पदभार ग्रहण गरेसँगै राजश्वका दरहरुप्रति जनताको गुनासोलाई सम्बोधन गर्न अध्ययन गरेर सुझाव पेश गर्नको लागि बिशेषज्ञ समेटेको कार्यदल गठन गर्ने निर्णय आगामी कार्यपालिका बैठकमा पेस गर्ने निर्णय गरेका छन्।
पाँचौ नगरसभाले पारित गरेर लागू गरेको आर्थिक ऐन २०७६ को केही राजस्वका दरप्रति अस्पष्ट र व्यापक गुनासो देखिएकोले कर निर्धारण प्रक्रिया र दररेट अध्ययन गरी सुझाव दिन विशेषज्ञ रहेको कार्यदल गठन गरिने मेयर राईले बताए।
‘करलाई व्यावहारिक र वैज्ञानिक बनाउने निर्णय भएको छ, यसमा सहयात्री राजनीतिक दलले पनि विश्वास दिएको छ, उहाँहरुले हिजै विज्ञप्ती निकालेर नगरपालिकालाई प्रोत्साहन गर्नुभएको छ,’मेयर राईले भने, ‘राजनीतिक दल र नगरवासीको भावनाअनुसार कर पुनरावलोकन गरेर कार्यान्वयन गर्नेछौं।’
मंसिर १४ गतेको उपनिर्वाचनमा कर वृद्धि प्रमुख चुनावी अजेन्डा बनेको थियो। कांग्रेस र नेकपा दुवै दलका उम्मेदवारले चुनाव जितेपछि कर पुनरावलोकन गरेर घटाउने घोषणा गरेका थिए। अस्वभाविक रूपमा कर वृद्धि भएपछि नेकपा नेतृत्वको उपमहानगरपालिकाले गएको वर्ष चर्को आलोचना खेपेको थियो भने कांग्रेससहित साना दलले संयुक्त संघर्ष समिति बनाएर आन्दोलन गरेपछि दररेटमा केही समायोजन भएको थियो।
धरानमा कम्युनिस्ट विबरासत गुम्नुमा धेरै कारणमध्ये कर वृद्धि पनि प्रमुख भएको मानिन्छ। धरानमा नगर कार्यपालिका र नगरसभामा नेकपाको दुईतिहाई बहुमत छ। तीस जनाको कार्यपालिकामा कांग्रेसको मेयर र ५ जना वडाअध्यक्ष छन् भने नेकपाको उपमेयरसहित २४ जना कार्यपालिका सदस्य छन्। तसर्थ, कार्यपालिका र नगरसभाबाट आफ्नो प्रस्ताव पारित गराउन नवनिवार्चित मेयर राई सहज भने छैन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस