काठमाडौँ – भक्तपुर चाँगुनारायण नगरपालिका–४ की पाँच बर्षीया बालिकालाई एक युवाले जबर्जस्ती करणी गरेको घटना बाहिर आएको छ । चाँगुनारायण नगरपालिका–४ घर भई भक्तपुरकै कमलबिनायक बस्ने ५ वर्षीया बालिकालाई डेरा कोठामा लगेर जबरजस्ती करणी गरेको अभियोगमा कमलबिनायक बस्ने १८ बर्षिय बसन्त तामाङ पक्राउ परेका छन् ।
पीडित बालिकाको अभिभावकले निवेदन दिएपछि तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
ललितपुर बुङमति स्थायी घर भएका तामाङ भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्दै आएका थिए । तामाङले गत पुष ३० गते बालिका बलात्कार गरेको पीडित बालिकाको अभिभावकले किटानी जाहेरी दिएका छन् । घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसैबिच, २५ किलो चरेश सहित गोरखाका अमर तामाङ र धादिङका रणविर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत बालाजुले काठमाडौ महानगरपालिका–२६ नयाँबजार बस्ने २५ वर्षीय अमर तामाङ र तारकेश्वर नगरपालिका–५ बस्ने २४ वर्षीय रणविर तामाङलाई आईतबार नियन्त्रणमा लिएको हो । बालाजुको गुम्बा पुल नजिकै उनीहरु सवार बा.१ज १३४९ नम्बरको ट्याक्सी चेक गर्दा उक्त चरेश जस्तो देखिने बस्तु बरामद भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस