काठमाडौं : नेपालको पर्यटन क्षेत्रलाई विश्वसामु चिनाउँदै आएकी पर्यटन सद्भावना दुत तथा मिसेस नेपाल टुरिजम २०१९ विजेता छिरिङ डोल्मा शेर्पा ‘एनआरएनए अमेरिका न्युयोर्क च्याप्टर द्वारा सम्मानित गरिएको छ । पर्यटन प्रबद्धनमा महत्वपुर्ण योगदान पुर्याई नेपालको गरिमालाई विश्व सामु उच्च बनाएकोमा उनलाई सम्मान गरिएको थियो ।
भ्रमण बर्ष -२०२० को पूर्व सन्ध्यामा नेपालको पर्यटन प्रबर्धनमा अहोरात्र खटेर नेपालको बारेमा विश्वसामु प्रचार प्रसार गर्दै अधिक मात्रामा पर्यटकहरुलाइ नेपाल जान हौसाला प्रदान गर्दै नेपालको कला संस्कृति, भेष भुषा, प्राकृतिक छटाले भरिपुर्ण सुन्दर देश नेपालको बारेमा बिदेशी नागरिकहरुलाइ नेपाल भ्रमण गर्न उत्प्रेरणा प्रदान गर्दै आएकी छिरिङ डोल्मा शेर्पाको कार्यलाई उच्च मुल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको थियो ।
न्युयोर्कका महा बाणिज्यदुत पुष्प राज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त सम्मान कार्यक्रममा गैह्र आबसिय नेपाली संघका उपाध्यक्ष सोनाम लामाको बिसेष आतिथ्यता रहेको थियो । कार्यक्रमको सभापतित्व एनआरएनए अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष राम हरि अधिकारिले गरेका थिए ।
छिरीङ डोल्मा फाउन्डेसनकि अध्यक्ष समेत रहेकी शेर्पाले हिमाल आरोहणदेखि पदयात्रामा जाँदा दुर्घटनामा परि असामहिक निधन भएका गरिब परिवारहरु शिक्षा बाट बन्चित नहुन भनेर एउटा कोष खडा गरि कम्तिमा बर्षमा २ जनालाई निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्य लिएर काम गर्दै आएकी उनले अमेरिकालगायत सम्पूर्ण देश बिदेशमा बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, विभिन्न संघ सस्थाहरुलाई आर्थिक सहयोगदेखि भौतिक सहयोगसम्मको लागि आव्हान समेत गरेकी थिइन् ।
भिजिट नेपाल २०२० लाई सफल बनाउने हेतुले नेपाल पर्यटन बोर्डले शेर्पालाई सद्भावनादुतमा नियुक्त भएसँगै शेर्पा अमेरिका प्रस्थान गरेकी थिइन् । नेपालमा हुने दर्जनौ सौन्दर्य प्रतियोगिताहरुमा निर्णायकको भूमिका गरेर फरक पहिचान बनाएकी शेर्पा सामाजिक कार्यमा समेत अग्रणी भुमिका निर्वाह गर्दै आएकी छिन ।
मिसेस नेपाल टुरिजम २०१९ को ताज पहिरिएपछि नेपालको पर्यटन प्रबद्धनको क्षेत्रमा क्रियाशिल शेर्पा सद्भावनादुत नियुक्त भए लगत्तै प्रचारप्रसारका लागि अमेरिकामा छिन । उनले अमेरिकामा रहँदा नेपालको पर्यटनका बारेमा विभिन्न शहरहरुमा प्रचारप्रसार तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएकी छिन भने अमेरिकामा रहेका विभिन्न संघ सस्थाहरुले उनलाई उच्च सम्मान समेत प्रदान गर्दै आएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस