काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मी र बाग्लुङ जिल्लाको सिमानामा आज भएको सवारी दुर्घटनामा परी निधन भएकाप्रति दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष प्रचण्डले बडीगाड गाउँपालिका–७ भीमगिठे नजीकै भएको सवारी दुर्घटनामा परी १४ जनाको निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन् । उनले उक्त दुर्घटनामा निधन भएकामा श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
अध्यक्ष प्रचण्डले देशका विभिन्न भागमा हुने यस प्रकारका सवारी दुर्घटना नेपाली सडकको दूरावस्था, पुराना सवारी साधनको प्रयोग र सवारी सञ्चालनमा देखिएको हेलचेक्र्याइँ समेतका कारण रहँदै आएको उल्लेख गरेका छन् । अध्यक्ष प्रचण्डले भने, “सवारी दुर्घटनालाई न्यूनीकरण गर्न आवश्यक पहलका लागि सम्बन्धित क्षेत्रको विशेष ध्यान जान जरुरी छ ।”
उनले दुर्घटनामा परी निधन भएकाहरुका परिवारजनका लागि उचित क्षतिपूर्तिका साथै बेपत्ताको खोजी र घाइतेको निःशुल्क स्वास्थ्योपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस