काठमाडाैं-प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका गरी ३७ जिल्लाका रिक्त ५२ पदमा शनिबार भएको उपनिर्वाचनमध्ये मुख्य स्थानमा नेकपाले आफ्नो स्थान गुमाएको छ ।
कुल ५२ रिक्त पदमध्ये संख्यात्मक रूपमा नेकपाले ३० स्थानमा आफ्नो पक्षमा जित हात पारे पनि उसले अघिल्लो पटक जितेका प्रदेश सभाअन्तर्गतको भक्तपुर १ (ख) र धरान उपमहानगरपालिका आफ्नो पोल्टाबाट गुमाएको छ ।
कांग्रेसले भने उपनिर्वाचनबाट १३ स्थानमा जित हात पारेको छ । कांग्रेसले पहिले आफूले जितेका ७ स्थान गुमाएको छ । यस्तै नेकपाले यसअघि जितेका ५ वडामा कांग्रेसले जितेको छ । तर, पनि मुख्य स्थानमा परिणाम हात परेपछि कांग्रेस सन्तुष्ट छ । भक्तपुर प्रदेश सभामा उपनिर्वाचनबाट कांग्रेसले जनमत आफ्नो पक्षमा पारेको छ भने धरान उपमहानगरपालिकामा ६० वर्षपछि कांग्रेसले जित हात पारेको छ ।
नेकपाले उपनिर्वाचनबाट पहिले जितेको कास्की २ को प्रतिनिधि सभालाई आफ्नै पोल्टामा सुरक्षित राख्दा दाङको प्रदेशसभा ३ ख सुरक्षित बनाएको छ । यस्तै यसअघि हारेका दुई गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष गरी तीन वटा गाउँपालिमा पनि जितेको छ ।
यसअघि कांग्रेसले जितेको फाल्गुनन्द गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष र यसअघि राष्ट्रिय जनता पार्टी ९राजपा०ले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष नेकपाले जितेको हो ।
उपनिर्वाचन भएका देशभरका ४३ वडामध्ये धरान उपमहानगरपापिका ७ को वडाध्यक्षसहित २४ वटा वडाध्यक्ष नेकपाले हात पारको छ ।
बाग्लुङको प्रदेशसभा २ (ख) मा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाले जितेको छ भने प्युठानको ऐरावत गाउँपालिका ३ को वडाध्यक्षमा स्थानीय नेकपा नेताको समर्थनमा उम्मेदवार बनेका बागी उम्मेदवार विजयी भएका हुन् ।
उपचुनाव भएका ५२ मध्ये २८ स्थान नेकपाबाट निर्वाचित जनप्रतिनिधिको निधनका कारण रिक्त थिए । समग्र नतिजामा नेकपाले २ स्थान थप गरे पनि मुख्य स्थानमा कमजोर बनेको हो ।
रिक्त ५२ स्थानमध्ये १२ वटा वडाध्यक्ष, एक गाउँपालिका प्रमुख र एक उपप्रमुख कांग्रेसका उम्मेदवारको निधनका कारण खाली भएका थिए । संख्यात्मक हिसाबले कांग्रेसले उपचुनावबाट एक÷एक स्थान गुमाएको छ । १४ स्थान कांग्रेसको खाली भएकोमा उपचुनावबाट १३ स्थान मात्रै जितेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस