जाडो शुरु भइ सकेको छ | यस्तो मौसममा विभिन्न खालका भाइरसहरू सक्रिय भइरहेका हुन्छन्। जसका कारण रुघाखोकी, टन्सिलजस्ता संक्रमण बढिरहेको छ। यस्ता समस्याबाट जोगिन भीडभाडमा नजाने, जानै परे सावधानी अपनाउनु पर्छ। जस्तो, भरमर्दाे मास्क लगाउने। यस्ता संक्रमणबाट बच्न सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ। जाडोमा हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ र यसलाई बढाउनका लागि केहि प्राकृतिक विधी अपनाउनु पर्ने हुन्छ । यसले प्राकृतिक रुपमै हामीलाई न्यानो राख्छ । बाह्य जाडोबाट शरीरलाई बचाउँछ । रोगसँग लड्ने क्षमता बढाउँछ । यो समयमा स्वस्थ्य रहने उपाय यहाँ प्रस्तुत गरेका छौं |
१- मनतातो पानीले नुहाउने
जाडोमा पनि नुहाउन त पर्छ नै । तर, नुहाउने विधीमा सुधार गरौं । जस्तो कि, नुहाउनको लागि मनतातो पानीको व्यवस्था गरौ । त्यसमा केहि मात्रामा नुन, तुलसीको पात राखौं । यस किसिमको मिश्रण भएको पानीले नुहाउँदा पनि रोगसँग लड्ने क्षमता बढाउँछ ।
२-तातो तेलले मालिस
नुहाइसकेपछि शरीरको मालिस गरौं । आयुर्वेदमा प्रतिदिन आत्म-मालिसलाई प्रतिरक्षा बढाउने सबैभन्दा राम्रो विधि मानिन्छ । सूर्यमुखी वा तिलको तेल उपयोग गर्दा मांसपेशी बलियो हुन्छ । मसाजले रक्तसंचार पनि बढाउँछ । जाडोको लागि एकदमै उपयोगी कुरा हो ।
३-तातो खाना
जाडोमा खाइने खानाले पनि स्वास्थ्यसँग सम्बन्ध राख्छ । जाडोमा तातो र हल्का भोजन गर्नु प्रतिरक्षा बढाउने राम्रो तरिका हो । किनकी यसले ब्याक्टेरियाबाट लड्न मद्दत गर्छ । मौसम परिवर्तनको समयमा हल्का र तातो भोजनले प्रतिरक्षा प्रणालीलाई एक तह माथि लैजान्छ ।
४-पर्याप्त निद्रा
आयुर्वेदमा पर्याप्त निद्रालाई सबैभन्दा राम्रो मानिएको छ । जाडो मौसममा कुनै व्यक्तिका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ ताकि प्रतिरक्षा क्षमता वृद्धि हुन सकोस ।
५-आयुर्वेदिक जडीबुटी
आफ्नो खानामा अश्वगन्धा, अमला, तुलसी, त्रिफला जस्ता जडिबुटीहरुलाई समावेश गर्नु लाभदायक हुन्छ । यी जडिबुटीलाई चियाका रुपमा पनि प्रयोग गर्न सकिन्छ । यी जडिबुटीहरुले हाम्रो शरीरको प्रणाली रोग प्रतिरोधी क्षमतालाई बढाउन मद्दत गर्छ जसले प्रतिरक्षा बढाउँछ ।
६-खानामा मसला
खानामा केहि मसला मिश्रण गर्नु पनि जाडोमा लाभदायक हुन्छ । यसले शरीरको प्रतिरक्षा क्षमता बढाउनमा सहयोग गर्छ । जीरा, बेसार, धनिया, अदुवा र मरिच जस्ता मसला आफ्नो दैनिक आहारामा समावेश गर्न सकिन्छ । यसले रुँघा तथा फ्लुको समस्या रोक्छ ।
७-चिसो पेयबाट बच्नुस
डाक्टरका अनुसार चिसो खाना र चिसो पेय पदार्थले पाचन रसको प्रभावलाई कम गर्छ । यसबाट विषाक्त पदार्थको निर्माणमा वृद्धि हुन्छ । त्यसैले यस मौसमका दौरान प्रतिरक्षा प्रणालीमा सुधारका लागि चिसो खाद्य पदार्थ र पेय पदार्थको सेवन बन्द गरौं ।
८-पर्याप्त पानी पिउने
जाडोमा उति पानी प्यास लाग्दैन। किनकि चिसो मौसममा हाम्रो शरीरले पानीको आवश्यकता महसुस गर्दैन। तर पनि स्वास्थ्यका लागि जाडोमा पनि पानी प्रशस्त पिउनु आवश्यक हुन्छ। जाडोमा छालालाई सुन्दर राख्न तथा शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न पानीले ठूलो मद्दत पुर्याउँछ। तर गर्मी मौसममा जति धेरै पानी भने शरीरलाई आवश्यक पर्दैन।
९-न्यानो रहने
शरीरमा चिसो पसेमा विभिन्न रोग लाग्नसक्ने भएकाले चिसोबाट जोगिनुपर्छ। यसका लागि तातो सुप तथा खानेकुरा सेवनका साथै न्याना कपडा लगाउनु पर्छ। जाडो मौसम वृद्धवृद्धा र दीर्घरोगीका लागि ज्यादा कष्टकर हुने भएकाले उनीहरूले विशेष सजगता अपनाउनुपर्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस