भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान सरकार विकास र समृद्धिको पक्षमा दृढ रहेको बताउँदै यो वा त्यो बहानामा बाँस झै हावा चल्दा यता र उता नहुने उद्घोष गरेका छन् |
आज भएको सूर्यबिनायक नगरपालिका वडा नं ४ अनन्तलिङ्गको कैलाश डाँडामा प्रदेश नम्बर ३ भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन कार्यालयबाट विनियोजित रु १ करोडको लागतमा तिन तले भ्यूटावर सहितको बहुआयामिक सामुदायिक भवनको शिलान्यास कार्यक्रममा बोल्दै बस्नेतले निर्वाचन भनेको ठूलो म्याराथन धावकले दौडिने दौड जस्तै भएको बताउँदै राजनीति गर्नेहरुका निम्ति निर्वाचन हारजित मूल कुरा नभएको उल्लेख गरे |
सांसद बस्नेतले भने , ‘राजनीतिमा जनताको सुख र समृद्धिका निम्ति जो निरन्तर रुपमा लाग्दछ, उसलाई जनताले जिताउने बताउँदै राजनीति गर्ने सबैको मुलुकको समृद्धि र जनताको सुखमा केन्द्रित हुनुपर्छ । निर्वाचन प्रक्रिया भनेको जनताले आफ्नो मत प्रकट गर्ने प्रणाली भएकाले कुनै एउटा परिणामलाई आधार मानेर यस्तो गन्तव्यमा पुगियो भनेर जित्ने र हार्ने दुवैले ठान्न हुँदैन । हामीले राजनीतिमा प्रतिस्पर्धा, विकासमा ऐक्यबद्धता भन्ने नारा अगाडि सारेका छौं । म कृष्ण भँडेल जीलाई बधाई दिन चाहन्छु, समग्र भक्तपुरको विकासको जुन मार्ग हामीले अगाडि सारेका छौं, त्यसमा उहाँलाई सहकार्य गर्न म अनुरोध गर्दछु । हामी सबैको एउटै उद्देश्य भनेको भक्तपुरको समृद्धि र विकास नै हो ।’
भक्तपुरको विकसामा विपन्नताको पहिचानबाट सम्पन्नताको बाटोमा अघि बढाएको उल्लेख गर्दै उनले साँगा–आनन्तलिङ्गेश्वरसम्म ग्रमीण पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता जनाउँदै होम स्टे, औद्योगीक, इको भिलोज बन्ने क्रममा काम अघि बढेको जानकारी गराए ।
जनताको कृयाशीलता नै विकासको आधार भएको उल्लेख गर्दै पूर्वउद्यागमन्त्री समेत रहेका सांसद बस्नेतले तर्खालबाट अनन्तलिङसम्मको सडक निर्माणको प्रकृयामा अघि बढेको जानकारी गराए । त्यस्तै अनन्तलिङ्गबाट राप्ती भञ्ज्याङसम्म ४० करोडको लागतमा सडक निर्माण भइरहेको तथा चुनदेवीबाट काटुञ्जे–गुण्डु तर्खाल, सिरुटारहुँदै अनन्तलिङ्गसम्म नयाँ सडकको डिपीआरको कार्य भइरहेको समेत जानकारी गराए ।
भक्तपुरमा अध्ययन भ्रमणको गन्तव्यको रुपमा विकास गर्ने गरी विभिन्न योजनाहरु अघि बढाएको जानकारी गराउँदै भक्तपुरमा फुलले स्वागतले पर्यटकलाई स्वागत गरी उत्पादनको साथमा आर्थिक उन्नतीको कार्यमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘विगतमा धनीले खाना खाने गरिवले ढिँडो खाने दिनको अन्त्य भई धनिले ढिँडो गरीवले खाना खाने समयम आयो |’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस