काठमाडाैं-प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार आएपछि ठोस पदार्थ पनि खुवाउन थालिएको छ। सघन उपचार कक्षमा उपचाररत प्रधानमन्त्री ओली शल्यक्रियाको एक साता पुग्दा सामान्य हिँडडुल गर्न थालेका छन्।
आइतबार साँझ दशरथ रंगशालामा भव्य रुपमा उद्घाटन भएको १३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोहको लाइभ आइप्याडमा हेरेका छन्।
‘सम्माननीय प्रधानमन्त्रीज्यूले सागको शुभारम्भ आईसीयू मा रहेर प्रत्यक्ष प्रशारण आइप्याडमा हेर्नुभयो’, प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘उहाँ खेलाडीहरूलाई निकै मनपराउनु हुन्छ।’
गत मंगलबाट एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओली मनमोहन कोर्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा उपचाररत छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले ओलीको स्वास्थ्यमा अपेक्षित गतिमा सुधार भइरहेको र आइसीयुमै सामान्य हिँडडुल गर्न थालेको बताए।
प्रधानमन्त्री ओलीको उपचार टोलीका संयोजक डा।अरुण सायमीले ठोस आहार खुवाउन सुरु गरिएको बताए। गत मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाईटिसको शल्यक्रिया गरिएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस