काठमाडौँ-दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस)को भाषा र सीप परीक्षामा नक्कली परीक्षार्थी पनि सहभागी हुने गरेको भन्दै कम्प्युटर प्रणालीमा आधारित परीक्षा सञ्चालन गर्न नेपाललाई आग्रह गरेको छ।
कोरियन मानव संसाधन विकास सेवाका महानिर्देशक किम सुङ जाए नेतृत्वको टोलीले बिहीबार वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाललाई भेटी नक्कली परीक्षार्थीमाथि कडाइ गर्न ध्यानाकर्षण गराएको हो।
‘ईपीएस प्रणालीबाट कोरियामा कामदार पठाउने १६ राष्ट्रमध्ये नेपालमा मात्र कम्प्युटरमा आधारित परीक्षा प्रणाली लागू गर्न बाँकी छ,’ किमले भने।
नेपालले भने भाषा परीक्षामा उत्तीर्ण प्रशिक्षार्थीलाई यथाशीघ्र लैजान कोरियाली टोलीसमक्ष आग्रह गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ |
विभागले नेपालस्थित कोरियन संसाधन कार्यालयसँग समन्वय गरी काठमाडौं र पोखरास्थित स्कुलहरूमा परीक्षा सञ्चालन गर्दै आएको छ।
हरेक वर्ष परीक्षार्थी बढ्दै गएकाले परीक्षाका लागि मात्रै कोरियाबाट धेरै जना आउनुपर्ने अवस्था छ। सन् २०१९ का लागि भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सहभागी भएका थिए। त्यसमध्ये भाषा परीक्षामा उत्तीर्ण १२ हजार ९ जना नोभेम्बर २० मा सीप परीक्षामा सहभागी भएका थिए।
भेटमा भुसालले भाषा र सीप परीक्षामा नक्कली परीक्षार्थीलाई विभागले पक्राउ गर्ने गरेको जानकारी दिएका थिए।
कोरियाले यसै वर्षदेखि भाषा परीक्षामा उत्तीर्ण हुने प्रशिक्षार्थीले सीप परीक्षणमा पनि उत्तीर्ण हुनुपर्ने व्यवस्था गरेको छ। भाषा परीक्षामा उत्तीर्ण झन्डै १० हजार नेपाली कोरिया जान पाएका छैनन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस