नून हाम्रो भान्सा र खाने परिकारमा नभई कुरा हो | नून सामान्य बस्तु भएर पनि यसको सहि प्रयोगले मान्छेको भाग्यमा चमत्कारिक परिवर्तन गरिदिने बस्तुशाश्त्रमा उल्लेख छ |
बस्तुशास्त्र अनुसार नूनले बास्तु दोष निवारण गर्नका साथै मानसिक तनावलाई कसरि कम गर्ने गर्दछ |
नूनले कसरि भाग्य परिवर्तन गर्छ त ? विधिहरु प्रस्तुत गरेका छौं |
१- बिहान उठेर एउटा भाडोमा पानी राख्नुहोस र त्यो पानीमा थोरै २/३ चम्चा नून राख्नुहोस अझ नूनमा पनि सामुन्द्रिक नून सी साल्ट राखेर हरेक दिन घरभरि पुछ्नुहोस | घरको जताततै नून पानीले पोचा लगाउनुहोस तपाइको घरको सम्पूर्ण बास्तु दोष नष्ट भएर जान्छ |
यसो गर्नाले बस्तु बिग्रिएको घर वा कम्पनीमा यो अति प्रभावकारी हुन्छ तर बिहीबारको दिन यसो गर्नु राम्रो मानिंदैन |
बिहिबार बृहश्पति ग्रह गर्हौ ग्रह हो त्यसैले गह्रौं दिन भुइँ पुछ्ने काम राम्रो मानिंदैन | बिहिबार बाहेक हरेक दिन सामुन्द्रिक नूनले घर,कार्यालय,कारखानामा एक बर्ष लगातार गर्ने पुछ्नुहोस | यसो गरे रोग निवारण हुन्छ,घरमा शान्ति हुन्छ, घरमा लक्ष्मी भित्रिन्छ |
२- शौचालय तपाइको घरमा बास्तु अनुसार छ कि छैन अथवा बिग्रिएको भए एउटा कांचको भाडा वा बाउलमा सामुन्द्रिक नून हाल्नुस र त्यो भाडोलाई कुनै कुनामा राख्नुहोस तर नछोपिकन केटाकेटीले नभेट्ने ठाउमा राख्ने र हरेक हप्ता फेरी दिने |यसो गरे शौचालयको बास्तु नमिलेको भए पनि पूर्ण रुपमा बास्तु मिलाई दिन्छ | यसले व्यक्तिको नकारात्मक उर्जालाई हटाइ दिन्छ तर केटाकेटीले छुनु चलाउनु भएन |
३- घरको चार कुनामा कालो सुतीको कपडामा सामुन्द्रिक नून बाँधेर झुन्ड्याई दिनुस समग्र घरको बास्तु बिग्रिएको छ भने नकारात्मक उर्जा हटाएर सकारात्मक उर्जा ल्याउन सहयोग गर्छ | घरको चार कुना भन्नाले इसान्य,आग्नेय ,नैरित्य र बैब्य हुन् | यसो गरे कुनै प्रकृतिको दोष लाग्दैन | नजर दोष , नकारात्मक उर्जाको दोष लाग्दैन | बास्तु बिग्रिएको भए पनि सपारी दिन्छ |
४-त्यस्तै दक्षिण -पश्चिम नैरित्य कोणमा कालो कपडामा नून बाँधेर कार्यालयमा ,कारखानामा राख्नुस यसले बास्तु दोष निमिट्यान् परिदिन्छ |
५-पर्समा पनि सानो कालो कपडामा बाँधेर सामुन्द्रिक नून एक चिम्टी नून राख्नुहोस पक्कै पनि लक्ष्मीको बास हुन्छ | तपाईलाई पैसाको कमि हुदैन |
६-कालो कपडामा नूनको पोको बनाउनुस र टाउकोमा २१ पटक घुमाउनुहोस र चौबाटोमा लगेर छोडिदिनुस तपाइको शरीरमा भएका कुनै नकारात्मक उर्जालाई हटाई दिन्छ |
७-तपाइलाई छटपटी , खटपटी र औडाहा भएको छ भने दुई हातमै नून समाउनुहोस र ५ मिनेट जति आँखा चिम्लेर पद्मासनमा ध्यान बस्नुहोस | त्यसपछि उठेर हात धुनुहोस अनि हेर्नुहोस पुरै शान्त भएर जान्छ | दिमाग सितल भएर जान्छ |
८-कतै जान मन नलागेको ठाउ वा बाध्यात्मक भएर कतै गएर आउनु भो , मलामी गएर आउनु भयो , खोला जंगल घुमेर आउनु भयो र तपाइलाई नकारात्मक ठाउँ र उर्जाले सताई रहेको छ भन्ने लाग्यो भने अथवा तपाइको चित्त बुझेन भने सुत्ने बेलामा ग्लासमा २ चम्चा नून हालेर टाउकोको छेउछाउ पर्ने गरि राख्नुहोस र बिहान उठेर त्यो पानीलाई कतै पोखाइ दिनुस | तपाइको शरीर र कोठामा भएको नकारत्मक उर्जालाई हटाउने गर्दछ |
९-नूनको पोको मुख्य गेटमा लगेर रखिदिनुहोस कुनैपनि प्राकृतिक र नकारात्मक उर्जा तपाइको घरभित्र प्रवेश गर्ने छैन |
१०-घरमा झगडा भैरहन्छ र रोगब्यादिले सताई रहेको छ भने सामुन्द्रिक नून ल्याएर हप्ताको एक पटक बैठक कोठामा पोको खोलेर टेवलमा राख्नुहोस र बिहान उठेर कतै नालीमा लगेर फाल्नुहोस | तपाइको घरको सबै रोगब्याद ऋण हटेर जान्छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस