काठमाडौँ-गर्भवती र सुत्केरीका लागि लक्षित हवार्ई उद्धार कार्यक्रमअन्तर्गत साउनदेखि कात्तिकसम्ममा ३० महिलाको उद्धार भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालू आर्थिक वर्षमा ५० सुत्केरी महिलाको उद्धारलक्ष्य राखेकामा पहिलो चार महिनामै सो सङ्ख्या पुगेको हो ।
मन्त्रालयले गत वर्ष कात्तिक ३० देखि दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवार्ईउद्धारलाई तीव्रता दिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको सो कार्यक्रम दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले तयार गरेको उद्धारसम्बन्धी कार्यविधि, २०७५ अनुसार २९ जिल्ला पूर्णरूपमा र विभिन्न जिल्लामा आंशिकरुपमा सो कार्यक्रम लागू भएको छ । गत आवमा २६ महिला लाभान्वित भएको मन्त्रालयको तथ्याङ्क छ । ती महिलामध्ये हुम्ला, दोलखा, तेह्रथुम, धादिङ, डोल्पा, बाजुरा, मुगु, सोलुखुम्बु, गोर्खा, कालिकोट, म्याग्दी, रुकुमपूर्व, जाजरकोट र सल्यान जिल्लाका छन् । यी महिलालाई त्यहाँबाट तोकिएको अस्पतालमा पु¥याएर उपचार गरिएको मन्त्रालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताए । मन्त्रालयका सहसचिव तथा महिला सशक्तीकरण महाशाखा प्रमुख रुद्रादेवी शर्माको नेतृत्वमा समन्वय समिति गठन गरिएको छ ।
समितिमा गृह, स्वास्थ्य तथा जनसङ्ख्यालगायत विभिन्न मन्त्रालय र हवाई सेवा निर्देशनालयका प्रतिनिधि सदस्य छन् । नियमित यातायात सेवा नपुगेका दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने महिलाको प्रजनन स्वास्थ्यका कारण हुनसक्ने सम्भावित मृत्युबाट बचाउने उद्देश्यले हवाई उद्धार कार्यक्रम ल्याइएको प्रवक्ता पौडेलले जानकारी दिए ।
तत्कालका लागि उद्धारमा नेपाली सेनाको हेलिकोप्टर प्रयोगमा ल्याइएको भए पनि केही समयपछि सेवा प्रदायक संस्था सार्वजनिक खरीद ऐन, २०६३ मा भएको व्यवस्था बमोजिम सरकारी तथा निजी क्षेत्रका सेवा प्रयोगमा ल्याइने मन्त्रालयले जनाएको छ । जिल्लास्तरमा पनि सो सेवाका लागि सिफारिश समिति गठन गरिएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नै हवाई उद्धारसँगै महिला उद्धार र सशक्तीकरणसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन् । सो कार्यक्रमअन्तर्गत नै जीविकोपार्जन सुधार कार्यक्रम, विज्ञ समूह तथा निर्देशक समितिसँग नियमित बैठक र अन्तक्र्रिया कार्यक्रम, बहुआयामिक नमूना ग्राम स्थापना, सञ्चालन र व्यवस्थापन कार्यक्रम र हिंसा प्रभावित महिलाका लागि पुनःस्थापना केन्द्र सञ्चालन कार्यक्रम सञ्चालन भइरहेको प्रवक्ता पौडेलले बताए ।
यी लगायतका कार्यक्रममार्फत समाजमा महिला सशक्तीकरण बढिरहेको उहाँको भनाइ थियो । पहिले वषौँदेखि हिंसा सहन बाध्य महिला पनि अहिले हिंसाविरुद्ध बोल्न शुरु गरेको बताइएको छ । उहाँले भन्नुभयो, “महिलाहरु हिंसा सहनु हुँदैन भन्ने बुझेर उजुरी गरेसँगै प्रहरीमा आउने घटना बढिरहेको हो ।”
मन्त्रालयले अहिले लैङ्गिक मूल प्रवाहीकरण, महिला सशक्तीकरण र सामाजिक समावेशीकरणका लागि समुदायस्तरसम्म कार्यक्रम सञ्चालन गरिरहेको छ । समुदायस्तरमा महिला विकास कार्यक्रम, सामाजिक परिचालन क्षमता विकास, आयआर्जन र संस्थागत विकासका कार्यक्रम सञ्चालन भइरहेको छ । घरेलु हिंसाबाट प्रभावित महिलाका लागि १५ जिल्लामा सुरक्षित अल्पकालीन आश्रयसहित सेवा केन्द्र सञ्चालनमा छ । मन्त्रालयले सिन्धुपाल्चोक, काठमाडौँ, कैलाली, झापा, पर्सा, चितवन, रुपन्देही, बाँके जिल्लामा मानव बेचबिखनबाट प्रभावितका लागि पुनःस्थापना केन्द्र सञ्चालन गरिरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस