वि.सं.२०७६ साल मंसिर १४ गते । शनिबार । ईश्वी सन् २०१९ नोभेम्बर ३० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गशुक्ल पक्ष । तिथि चतुर्थी,३१ घडी ५१ पला,बेलुकी ०७ बजेर २२ मिनेट उप्रान्त पंचमी । नक्षत्र पूर्वाषाढा,०९ घडी १६ पला,बिहान १० बजेर १९ मिनेट उप्रान्त उत्तराषाढा । योग गंड,२४ घडी ४७ पला,बेलुकी ०४ बजेर ३२ मिनेट उप्रान्त वृद्धि । करण वणिज,बिहान ०७ बजेर ०८ मिनेट उप्रान्त भद्रा,बेलुकी ०७ बजेर २२ मिनेट उप्रान्त बव । आनन्दादिमा मातंग योग । चन्द्रराशि धनु ,साझ ०४ बजेर ३५ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय ०६ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी १३ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नयाँ काम गर्नको लागि समय मध्ययम रहेकोछ भने पुरान कामलाई भने निरन्तरता दिन सकिनेछ । यात्रा हुनेभएपनि यात्रा कष्टकर हुन सक्छ । अवसर वादीहरुले फसाउन सक्छन् ध्यान दिनुहोला । आफ्नै भन्ने तथा अपरिचित व्याक्तिहरुले फसाउन सक्छन् ध्यान दिनुहोला । अरुकै लागि समय र श्रम खर्चिनु पर्नेछ । तरपनि साझपख धार्मिक तथा पवित्र स्थलको भ्रमणमा निस्कन सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सापटि मागेर वा ऋण खोजेर व्यापारमा लगानि नगर्नुहोला समय मध्ययम रहेकोले आम्दानि नयून हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीहरु सँग मनमुटाब बढ्ने योग रहेकोछ । पानी तथा खनिज पदार्थसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । साझपख लामो दुरिको धार्मिक तथा शैक्षिका यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
मध्यान्ह सम्मको समय राम्रो रहेकोले बिद्या तथा खोजमुलक क्षेत्रमा चासो बढ्नाले भनेजस्तो नतिजा प्राप्त गर्न सकिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाइकै पक्षमा हुनेछन् । आफन्त तथा मामा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । साझबाट समय मध्ययम रहेकोले भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला । यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर यात्रा नहोला भन्न सकिन्न ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । प्रतिष्पर्धि तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाई लेखाईमा नतिजा हात पार्न सकिनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धि समस्या झेल्नेहरुले मुक्ति पाउँने समय रहेकोछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार व्यावसायमा लगानि गर्ने वाताबरण बन्ने भएपनि सोचेजस्तो आम्दानि गर्न निकै समय खर्चनु पर्नेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुँनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुँनेछ । साझपख समय राम्रो रहेकोले प्रेम प्रसङगमा एक अर्काबिच भावना साटासाट गरि समय ब्यातित गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कामगर्दा सचेतना अपनाउँनुहोला खुट्टा तान्ने तथा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । सामाजिक कामको जिम्मेवारी बढेतापनि उपलब्धि हासिल हुनेछैन । घरजग्गा तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घटना नहोला भन्न सकिन्न । आर्थिक अपारदर्शिताकै कारण अरुले औला उठाउन सक्छन् । प्रणय सम्बन्धमा केहि मनमुटाव बढ्नेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
भौतिक साधन स्रोतको प्रयाग गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । न्यालयसँग सम्बन्धित मुद्दाहरु तपाईकै पक्षमा फैसला हुनेछन् । दाजुभाई तथा छिमेकीको सहयोग पाईनाले नया काम गर्न सकिनेछ । साहित्यको क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समयले साथ लिनेछ । खेलाडी तथा राजनीतिज्ञको लागि राम्रो काम गरि नाम राख्ने समय रहेकोछ । साझपख समय मध्ययम रहेकोले घर छोडेर टाडाको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पढाई लेखाईमा ध्यान नदिदा प्रतिश्पर्धिहरु हावि हुँनेछन् भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट पनि थोरै कमाईमा चित्त बुझाउँनु पर्नेछ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्छ । माया प्रेममा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुँनेछ । साझपख आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफन्त तथा शुभचिन्तको साथ तथा समर्थन पाईने हुनाले मन प्रशन्न हुनेछ । लगनशिल तथा ईमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । बिभिन्न अवसर आउने तथा ति अवसरहरुको सदुपयोग गर्दै परिणाममुखि काम गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिभन्दा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
स्वास्थ्यमा समस्या आउँने तथा उपचार खर्च बढ्नेछ । दैनिक खर्च बढ्ने तथा आर्थिक अभावले दिन गुज्रनेछ । आफन्त तथा अपरिचित व्याक्तिको बिश्वास गर्नाले धोका पाईनेछ । साझपख समय राम्रो रहेकोले पढाई लेखाईमा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा लगानिका अवसर जुट्नेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कार्यक्षेत्रमा तपाईको कामको उचित मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हातलागि हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेकोछ । साझपख लामो दुरिको यात्राको हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
राज्य तथा लाभ भावमा गोचर गर्ने शुभ चन्द्रमाले तर्कवितर्क तथा प्रतिष्पर्धामा बिजयको योग रहेकोछ । बिद्यार्थी वर्गको लागि समयले साध दिने हुनाले नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । राजनीति तथा सामाजिक क्षेत्रमा समय लगानि गर्नेहरुले पदप्रतिष्ठा पाउने योग रहेकोछ । वन्द व्यापारमा फड्को मार्दै मनग्गे धन आर्जन गर्न सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस