माले– माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्ला यामीनलाई बिहीबार साँझ ५० लाख अमेरिकी डलर बराबरको जरिवानाका साथै पाँच वर्षको जेल सजाय सुनाइएको स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएका छन् ।
माल्दिभ्स फौजदारी अदालतका न्यायाधीश अलि रशिदको नेतृत्वमा रहेको पाँच जना न्यायाधीशको इजलासले सो फैसला गरेको हो ।
होटलको विकासका लागि विभिन्न टापुहरू भाडामा लिने सम्झौता गर्दा निजी कम्पनीमार्फत यामीनले १ लाख अमेरिकी डलर सरकारी रकम प्राप्त गरेको भन्दै दोषी ठहर गरिएको हो । यामीनले रकम लिएको अस्वीकार गरेका छन् ।
माल्दिभ्स प्रहरी सेवालाई दिएको बयानपछि अभियोजकको कार्यालयले भूतपूर्व राष्ट्रपतिलाई फौजदारी आरोप लगाएको थियो । उनीमाथि भ्रष्टाचार गरेको आरोप लगाई अनुसन्धानलाई भ्रमित पार्न गलत बयान दिएको आरोप लगाइएको छ ।
यामीनका समर्थकहरू बिहीबार साँझ अदालतको घेरा हालेर मुद्दाको विरोध गर्दै भेला भएका र यामीनको रिहाइको लागि नारा लगाएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस