काठमाडाैं-वैदेशिक राेजगार कार्यालय ताहाचलमा श्रम स्वीकृति लिन आउने सेवाग्राहीले भोग्ने सास्ती अझै अन्त्य भएको छैन ।
अहिले पनि श्रम स्वीकृतिका लागि सेवाग्राहीलाई आठ दिनसम्म नै श्रम कार्यालय धाउनुपर्ने सास्ती उस्तै छ । यस्तै समस्याको भुक्तभोगी हुन्, उपत्यकाबाहिरका मिलन नेपाली ।
श्रम स्वीकृतिका लागि गएको बिहीबारदेखि निरन्तर धाउँदा बल्ल बिहीबार आठ दिनमा श्रम स्वीकृति लिएको उनले बताए। पहिलो पटक यस्तो स्वीकृति लिएर माल्टा जाँदै छन्। समाचारमा सुने वा पढेजस्तो एक दिनमै सहज रूपमा श्रम स्वीकृति पाउने अवस्था व्यावहारिक रूपमा कार्यान्वयनमा नआएकोप्रति उनले आक्रोश पनि पाेखे। ‘श्रम स्वीकृतिका लागि के के कागजात चाहिन्छ भन्ने थाहा नहुँदा आठ दिन लाग्यो तर बल्ल बल्ल स्वीकृतिचाहिँ पाएँ’, बिहीवार बिहान ४ बजे अँध्यारोमै श्रम कार्यालय पुगेको बताउने मिलनले भने।
मिलन त एउटा प्रतिनिधि पात्र मात्रै हुन्। श्रम कार्यालयमा कुन देश जाँदा के कस्ता कागजात चाहिन्छ भन्ने जानकारी दिने सूचना डेस्क वा बोर्ड भएको भए मिलनजस्तै वैदेशिक रोजगारीमा जानेलाई यस्तो सस्ती भोग्नुपर्ने थिएन कि ।
नयाँलाई मात्रै होइन, पुराना वा पुनः श्रम स्वीकृति लिनेका लागि पनि यस्तै सास्ती छ । अहिले त पुरानो राहदानी तथा सम्झौतापत्र पनि पेस गर्नुपर्ने व्यवस्थाले एक दिनमा हुने काममा चार दिन धाउनुपर्ने अवस्था उत्पन्न भएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई)मा तीन वर्ष र कतारमा पाँच वर्ष काम गरेको अनुभव लिनुभएका धनुषाका विजय यादवले श्रम स्वीकृति लिँदा अहिलेजस्तो सास्ती र झन्झट कहिल्यै नभोगेको गुनासो गरे।’यसअघि त तीन÷चार हजार रुपियाँ बाहिरै फर्म भरिदिनेलाई दिएपछि सबै काम एक दिनमा गरिदिन्थे । अहिले त आफैँ आउनुपर्ने’, उनले भने, ‘पुरानो करार सम्झौतापत्र पनि चाहिने रे, त्यो कागजात साथमा छैन । कम्पनीबाटै मागेर वैदेशिक रोजगार विभागको ईमेलमा पठाउनुपर्दो रहेछ । कम्पनीसँग मागेको छु, त्यही कुरेर बसेको दुई दिन भइसकेको छ, पाएको छैन । ‘
यस्तै नौ वर्ष साउदी अरेबिया बसेर तीन पटक नेपाल आइसक्नुभएका चितवनका विनोद अधिकारीले आक्रोशित हुँदै भने, ‘नयाँ नियम हामीलाई थाहै थिएन । तीन/चार घण्टा लाइन लागेर डकुमेन्ट बुझायो, पुरानो सम्झौतापत्र खोइ भनेर सोध्छन्, पुरानो सम्झौतापत्र चाहिन्छ भन्ने के थाहा ? अहिलेसम्म माग्ने गरेको थिएन । कम्पनीमा फोन गरेर मगाएको छु, त्यसैको पर्खाइमा छु । शुक्रबार २ बजे फ्लाइट छ, तनाव भइसक्यो ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस