काठमाडाैं-मुलुकको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा पाँच गुट देखापरेका छन्।
हालै भारतले सार्वजनिक गरेको कालापानीलगायतका नक्साबारे विरोध गर्ने क्रममा नेवि संघभित्र पाँच गुट स्पष्ट देखिएको हो। अलग-अलग ठाउँमा प्रदर्शन गरेर नेवि संघले राष्ट्रियताजस्तो संवेदनशील मुद्दामा एक हुन नसकेको देखाएको छ।
नैनसिंह महर नेतृत्वको कार्यकाल सकिए पनि नयाँ नेतृत्व चयन नभएको अवस्थामा भारतीय नक्साको विरोध गर्ने क्रममा नेवि संघले एकल प्रदर्शनसमेत गर्न नसकेको एक नेताले बताए। ‘भारतले सार्वजनिक गरेको कालापानी नक्साबार नेविसंघले दिनहुँजसो जुलुस, धर्ना र प्रदर्शन गरे पनि खासमा अलग–अलग समूहले नेतृत्व गरिरहेका थिए,’ नेविसंघ एक पूर्वपदाधिकारीले भने, ‘एकभन्दा अर्को समूह क्रान्तिकारी र राष्ट्रवादी देखिन यसबीचमा नेवि संघभित्र प्रतिस्पर्धा नै चल्यो ।’
उनका अनुसार विभिन्न गुट–उपगुटबीच चलेको प्रतिस्पर्धा र राष्ट्रवादी देखिने होडबाजीका कारण काठमाडौंमा दिनहँुजसो प्रदर्शन गर्न नेवि संघ सफल भएको छ।
कालापानीे मुद्दामा पूर्वमहामन्त्री कुन्दनराज काफ्ले, पूर्वउपाध्यक्षद्वय ऋषिकेशजंग शाह तथा सरोज थापा, अर्का उपाध्यक्ष सागर परियार, काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्य र केन्द्रीय सदस्य एलिजा ढकाललगायत समूहले अलग–अलग प्रदर्शन गरेर गुटलाई प्रमाणित गरेका हुन। कतिसम्मको दृश्य देखियो भने एउटा गुटले नेतृत्व गरेको प्रर्दशनमा अर्को गुटका नेताको उपस्थिति त परै जाओस्, नैतिक समर्थनसमेत पनि गरेनन्।
देउवानिकट शाह–थापा गुट
भारतले सार्वजनिक गरेको कालापानीसम्बन्धी नक्सालाई लिएर पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाह र सरोज थापा नेतृत्वको एउटा टोलीले माइतीघरमा प्रदर्शन गर्यो।
मंसिर ३ गते प्रदर्शन गर्दा ‘गो ब्याक इन्डिया एन्ड चाइना’ भन्ने मूलनारा राखिएको थियो, जहाँ प्रहरीले हस्तक्षेप गर्दा केही शाह–थापानिकट प्रदर्शनकारी घाइते र पक्राउसमेत परेका थिए। जापान लैजाने भन्दै ठगीमा पक्राउ परी हालै रिहा भएका शाह–थापाको गुट मात्रै एउटा यस्तो गुट भयो, जसले कालापानीबारे भारत–चीन दुवैलाई दोषी देखाएको थियो। शाह–थापा पार्टी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्, देउवाकै निर्देशनमा माइतीघरमा उक्त प्रदर्शन गरिएको उनीहरूले बताउँदै आएका छन्।
प्रकाशमान निकट वैद्य गुट
कालापानीको नक्साको विषयलाई लिएर पूर्वमहामन्त्री प्रकाशमान सिंहनिकट मानिने काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्यको नेतृत्वमा कात्तिक २६ गते चाबहिलमा प्रदर्शन गरियो।
‘सरकार कता हरायो, राष्ट्रियता जोगाउन किन डरायो ?’ ‘साथ दिने प्रतिपक्ष यहाँ छ, प्रधानमन्त्रीज्यू, हाम्रो कालापानी कहाँ छ ?’ भन्ने नारासहित कालोब्यानर बोकेर वैद्यको नेतृत्वमा पूर्वप्रवक्ता युपी लामिछानेलगायतले चाबहिलमा प्रदर्शन गरे।
सिटौला–गगननिकट काफ्ले गुट
कृष्ण सिटौला र गगन थापानिकटका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले भने लैनचौर, माछापोखरी र कलंकीलगायतको स्थानमा कालापानी विषयलाई लिएर अलग-अलग प्रदर्शन गर्न भ्याएका थिए ।
गत मंसिर १ गते ‘लुक मोदीः दिस इज आवर म्याप’ उल्लेख गर्दै नेपालको नक्सासहितको कालो ब्यानरलाई कालो बेलुनले बाँधेर उडाएर विरोध प्रदर्शन गरे। लैनचौर तथा कोटेश्वर खण्डलगायतको खण्डमा ‘हाम्रो माटो हाम्रो जीवन, कागजी अतिक्रमण मुर्दावाद’ भन्ने पम्प्लेटसहित काफ्लेको गुट र उपगुटले विभिन्न ठाउँँमा अलग प्रदर्शन गरेको देखियो।
त्यसो त काफ्ले गुटनिकट मानिने नवराज त्रिपाठीको समूहले ‘चिनौं सिमाना-जोगाऔं माटो अभियान,’ नामै दिएर स्कुल–स्कुल पुगेर नेपालको भूमिकाबारे जानकारी दिँदै पढाउने काम गरे। त्रिपाठीको समूहले मङ्सिर ८ गते जनमैत्री क्याम्पसबाट कलंकीसम्म अलग–अलग प्रदर्शन गरेकोसमेत दृश्य देखिएको थियो।
शशांकनिकट परियार गुट
महामन्त्री शशांक कोइरालानिकट निवर्तमान उपाध्यक्ष सागर परियारको नेतृत्वमा लैनचौर र आरआर कलेज अगाडि दुई–दुईवटा गरी चारवटा प्रदर्शन भए।
आरआर, विश्वभाषा र ल क्याम्पसका विद्यार्थी समेटेर परियार गुटले राँके जुलुुस मात्रै गरेन, नक्सा सच्याउन माग गर्दै भारतीय दूतावास अगाडि धर्नासमेत दिएको थियो ।
पंकज सुवेदी, सञ्जीव ढकाल, प्रेम शाही, लक्ष्मी सिलवाल, सुशील उपाध्यायलगायतलाई लिएर भारतीय दूतावासअगाडि परियारको समूहले धर्ना दिएको हो। ‘लिपुलेक हाम्रो प्राण हो–भारतीय हस्तक्षेप बन्द गर’ जस्ता नारा लेखिएका ब्यानर बोकेको परियार गुटले ‘गो ब्याक इन्डिया’ भन्दै दूतावासअगाडि धर्ना दिएको थियो, जसको संयोजन सुवेदीले गरेका थिए। कात्तिक २५ गते प्रदर्शनी मार्गमा राँके जुलुस गरेका उक्त समूहले त्यसअघि २१ गते जुलुस प्रदर्शन गर्न पनि भ्याएको थियो।
लैनचौरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने क्रममा ताराबहादुर थापा, लक्ष्मण पन्थी, धर्मराज ओली पक्राउसमेत परेका थिए। यो नै एउटा यस्तो समूह थियो, जसले दुवै देशका प्रधानमन्त्रीको पुत्ला जलाउनेदेखि राँके जुलुससमेत गरेको थियो।
रामचन्द्र निकट ढकाल गुट
रामचन्द्र पौडेलनिकट मानिने केन्द्रीय सदस्य एलिजा ढकाल नेविसंघमा गुट चलाउने एकमात्र महिला नेतृ हुन्। जसले कात्तिक २३ गते दर्जनजति विद्यार्थी लिएर उनले भारतीय दूतावासअगाडि प्रदर्शन गरेकी थिइन्।
उक्त समूहले ‘गिद्धे नजर नलगा हाम्रा आमामा, मनपरी होइन अब हाम्रो सिमानामा’, ‘भारतीय विस्तारवाद मुर्दावाद’ ‘भारतीय सेना कालापानी छाड’ भन्ने ब्यानर बोकेर भारतीय दूतावासअगाडि प्रदर्शन गरेको थियो। ढकालको समूह भने प्रदर्शन गर्ने सवालमा सबैभन्दा कमजोर देखिएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस