पोखरा– जिल्ला प्रशासन कार्यालयले कास्की क्षेत्र नं–२ मा यही मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनका अवधिमा अति आवश्यक सेवा सवारीसाधन बाहेकका सवारी साधनको प्रवेश र सञ्चालनमा रोक लगाएको छ ।
मङ्सिर १३ गते राति १२ः०० बजेदेखि सो बन्देज शुरु भएपछि निर्वाचनको अवधिभर जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा जारी गरिएको सूचनामा उल्लेख छ । अति आवश्यक सेवामा एम्बुलेन्स, शवबाहन, दमकल, खानेपानी, ट्याङ्कर, दूरसञ्चार, विद्युत् र अस्पताल भित्रका सेवाका साथै चुनाव प्रयोजनका लागि पास लिएका सवारीसाधनलाई रोक लगाइएको छैन् ।
यसका साथै, कास्की क्षेत्र नं–२ भएर अर्को जिल्लामा आवतजावत गर्ने सवारी साधनलाई पूर्वमा विजयपुर खोला, पश्चिम–उत्तरमा याम्दी पुल, दक्षिण–पश्चिममा कालीमाटी खोलामा गाडी रोकेर राखिने सूचनामार्फत जानकारी गराइएको छ ।
त्यस्ता गाडीलाई तीन÷तीन घण्टाको अन्तरालमा स्किर्टिङ गर्ने र बीचमा कुनै यात्रुलाई चढाउन तथा ओराल्न नपाउने गरी व्यवस्था मिलाइएको छ । यसका साथै, मतदान समाप्त नहुँदासम्मको अवधिमा अपरिचित व्यक्तिको प्रवेश, अस्वभाविक व्यवहार, शङ्कास्पद गतिविधि देखिएमा नजिकैको प्रहरीलाई तत्काल खबर गर्न अनुरोध गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस