डोटी– नेपाली लोकसंस्कृति झल्किने सुदूरपश्चिम प्रदेशको ख्यातिप्राप्त नौमती बाजा लोप हुने खतरामा परेको छ । आधुनिकतासँगै अन्य बाजाको प्रभाव र परम्परागत रुपमा बाजा बजाउनेको पेशालाई संरक्षण गर्न नसकिँदा अहिले यो बाजा लोप हुने अवस्थामा पुगेको स्थानीयवासी बताउँछन् ।
दुई दमाहा, दुई टयाम्को, नरसिंहा, सनाई, मजुरा, झ्यालिसँगै राखेर बाजाहरु मिलाएर कम्तीमा पनि १०÷११ जनाको समूहले बजाउने बाजाहरु विगतको जस्तो अहिले विरलै देख्न र सुन्न पाइन्छ । एकै किसिमका पोसाक लगाएर बाजाको तालसँगै लामबद्ध तरिकाले नाचिने हुनाले सुदूरपश्चिम प्रदेशमा यो बाजाको रौनक तथा नाच निकै रमाइलो मानिन्छ । यो बाजा बजाउने समूहमा एकजना मुख्य नाइके हुन्छन् भने अन्य दश जना सहयोगीका रुपमा रहन्छन् ।
नौमती बाजालाई यहाँको प्रदेशमा पञ्चेबाजासमेत भन्ने गरिन्छ । बाजा लोप हुँदै जान थाले पनि बाजा संरक्षणमा कसैले पनि पहल नगरेको जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीय तथा पञ्चेबाजा बजाउनमा पोख्त धनीराम नेपालीले बताए । विगतमा कुनै शुभसाइतमा यो बाजा खोज्ने गरिन्थ्यो तर अहिले यो प्रचलन हराएका कारण संस्कृति नै लोप हुने खतरा बढेको शिखर नगरपालिका–१ गुठेउडीका नौमती बाजा बजाउने अर्का स्थानीयवासी हरि दमाईंले बताए ।
नौमती बाजा लोप हुँदै जान थालेपछि यी बाजा बजाउनेहरु पनि अन्य आधुनिक बाजा बजाउने तथा नयाँ पेशालाई अँगाल्न थालेको स्थानीय बूढापाकाहरु बताउँछन् । दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्रबहादुर खड्काले पुरानो चिनारीका रुपमा रहेको बाजा लोप हुन थालेकाले यसको संरक्षण गर्नुपर्ने बताए ।
बजारमा भित्रिएका आधुनिक बाजा तथा संस्कृतिका कारण अहिलेका पुस्ताले पञ्चे तथा नौमती बाजा अँगाल्न नखोज्दा यसले प्राथमिकता नपाएको हो । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु बैतडी, डडेल्धुरा, अछाम, बझाङ, दार्चुला, बाजुरा र डोटीका गाउँघरमा पहिला पहिला बजाइने यो बाजा आधुनिक बाजा भित्रिएपछि लोप हुने खतरामा परेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस