नैरोबी– केन्यामा पहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । अत्यधिक वर्षाका कारण केन्याको उत्तरपश्चिमी क्षेत्रमा ठूलो बाढी र पहिरो आएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुकाअनुसार बाढी र पहिरोमा परी अरु सात जना अझै पनि बेपत्ता रहेका छन् । बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुको भनाई छ । मृत्यु भएका मध्ये कम्तीमा सात जना बालबालिका रहेका छन् ।
“हामीले अहिलेसम्म गएरातीको जस्तो दर्दनाक घटना देखेको र भोगेको थिएनौँ,” वेस्ट पोकोटका गभर्नर जोन क्रोप लोङयाङले भने ।
स्थानीय समयानुसार शनिबार दिउसो २.३० मा पहिरो गएको अधिकारीहरुले जानकारी दिएका छन् । युगाण्डा र दक्षिण सुडाननजिकै पर्ने केन्याको सीमा क्षेत्रमा पहिरो गएको हो । पहिरोले ठूलो क्षति गरेको अधिकारीहरुले जनाएका छन् ।
पहिरोका कारण धेरै बाटो, पुललगायतका भौतिक संरचनाहरु भत्किएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । केन्याका राष्ट्रपति उहुरु केन्याटाले मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
उनले प्रकाशित गरेको शोक वक्तव्यमा पहिरोका कारण बेपत्ता भएकाहरुको खोजी कार्य जारी राख्न र बेपत्ता तथा मृतकका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता गरिएको छ ।
त्यसैगरी आगामी दिनमा यसैगरी ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने तर्फ अहिलेदेखि नै सतर्कता अपनाउन पनि राष्ट्रपति केन्याटाले आह्वान गरेका छन् ।
केन्याका गृहमन्त्री फ्रेड मातीअङले पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामहरु भइरहेको जानकारी दिनुभएको छ ।
उनले भने , “उद्धार तथा राहतको कामहरु भइहेको छ, त्यसका लागि सुरक्षाकर्मीहरुको टोली र मानवीय सहायता सम्वन्धी निकायका व्यक्तिहरु खटिएका छन् ।”
प्रतिकुल मौसमका कारण खोजी तथा उद्धार कार्यमा कठिनाई भइरहेको उनले जानकारी दिए । थप क्षति हुनबाट बचाउने प्रयास नै अहिलेको प्राथमिकता भएको उनको भनाई छ ।
प्राकृतिक श्रोत साधन र भौतिक संरचनाहरुको जथाभावी प्रयोग तथा दोहन, अत्यधिक धेरै बाटो र पुलहरुको निर्माणलगायतका कारणले पहिरो गएको विज्ञहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस