काठमाडाैं-१४ मंसिरमा हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा दलहरू कतै तालमेल त कतै एक्ला एक्लै प्रतिस्पर्धामा उत्रिएका छन् ।
प्रतिनिधिसभातर्फ एउटै मात्र उपनिर्वाचन हुने निर्वाचन क्षेत्र कास्की २ मा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र समाजवादी पार्टीसहितका दलले आ–आफ्ना उम्मेदवार उठाएका छन् ।
कास्की २ को उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको लडाइँका रूपमा समेत लिएका छन् । जसका कारण प्रचार प्रसारमा ठूला दलका शीर्ष नेताकै दौडधूप देख्न सकिन्छ ।
सो क्षेत्रमा नेकपाले सोही क्षेत्रबाट उम्मेदवार बनेर २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी बनेका स्वर्गीय नेता रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, कास्की २ मा कांग्रेसले पुराना नेता खेमराज पौडेललाई उठाएको छ । समाजवादीले इन्जिनियर धर्मराज गुरुङलाई उम्मेदवार बनाएको छ ।
प्रदेशसभातर्फ उपनिर्वाचन हुने बाग्लुङ २ ‘ख’ मा सत्तारूढ दल नेकपाले आफ्नो दलका उम्मेदवार उठाएको छैन । सो स्थानमा नेकपाले राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई उम्मेदवार बनाएको छ ।
प्रतिपक्षी कांग्रेसले जित शेरचनलाई उम्मेदवार बनाएको छ । दुई दलबीच भएको चुनावी तालमेलको सहमतिअनुसार कास्की २, भक्तपुर २ ‘ख’ र दाङ ३ ‘ख’मा भने जनमोर्चाले सत्तारूढ नेकपालाई सघाउनेछ ।
त्यसैगरी, प्रदेशसभातर्फ भक्तपुर १ ‘क’ मा नेकपा, कांग्रेस, नेपाल मजदुर किसान पार्टीसहितका दलहरूले आआफ्ना उम्मेदवार उठाएका छन् । सो स्थानमा कांग्रेसलाई राप्रपा (संयुक्त) ले सघाउने भएको छ ।
कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले राप्रपा (संयुक्त)ले कांग्रेस उम्मेदवार कृष्ण भडेललाई सघाउने सहमति भएको जानकारी दिए । सो स्थानमा कांग्रेससहित नेकपाबाट देवीप्रसाद अर्थात् डीपी ढकाल र नेमकिपाबाट निरज लवजु मुख्य प्रतिस्पर्धामा छन् ।
यस्तै, दाङ ३ ‘ख’ मा समेत नेकपा, कांग्रेस र राप्रपालगायतका दलले आआफ्ना उम्मेदवार उठाएका छन् । सो स्थानमा दलहरू एक्ला एक्लै मैदानमा उत्रँदै छन् ।
दाङ क्षेत्र ३ ‘ख’ मा प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि नेकपाबाट विमलाकुमारी खत्री ओली मैदानमा छिन् । कांग्रेसका केशव शर्मा आचार्य मैदानमा छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस