काठमाडौं-यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं १ मा आज अपराह्न ४ बजेसम्म तीन पार्टीबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ ।
दर्ता गर्ने उम्मेदवारमा वाम गठबन्धनबाट महिला दुई, खुल्ला तीन, दलित एक र अल्पसंख्यकबाट एक गरी सात जना छन् ।यस्तै, नेपाली काँग्रेसबाट महिला एक, खुल्ला एक, दलित एक र अल्पसंख्यकबाट एक गरी जम्मा चारजनाले मनोनयनपत्र दर्ता गराएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अल्पसंख्यकमा एकजनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा (माओवादी केन्द्र) बाट महिला सदस्यमा विना पोखरेल (मोरङ), नेकपा (एमाले)बाट महिला सदस्य नैनकला ओझा (मोरङ), खुल्लाबाट एमालेका हरिचरण शिवाकोटी (झापा), पर्शुराम मेघी गुरुङ (संखुवासभा), खड्गबहादुर बस्नेत (मोरङ) र अल्पसंख्यकमा अगम वान्तवा (इलाम) उम्मेदवार बन्नुभएको छ ।
कांग्रेसबाट खुल्लामा रमेशजंग रायमाझी (मोरङ), महिलामा सरिता प्रसाईं (झापा), दलितबाट विनकुमार विश्वकर्मा (झापा) र अल्पसंख्यकबाट महेश जाजुले सदस्य पदमा मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नवराज दुलालले बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अल्पसंख्यकमा अनुपमादेवी साह (मोरङ) को उम्मेदवारी परेको छ ।
महिला सदस्यमा माओवादी केन्द्रका विना पोखरेल, एमालेका नैनकला ओझा र कांग्रेसका सरिता प्रसाईंको मात्र उम्मेदवारी परेकाले तीनैजना निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँहरुले माघ १५ गते दावी विरोधपछि प्रमाणपत्र पाउनुहुने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस