वि.सं.२०७६ साल मंसिर ०८ गते । आईतबार । ईश्वी सन् २०१९ नोभेम्बर २४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गकृष्ण पक्ष । तिथि त्रयोदशी,४४ घडी २९ पला,रातको १२ बजेर २० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र चित्रा,१५ घडी ०४ पला,दिउसो १२ बजेर ३४ मिनेट उप्रान्त स्वाती । योग आयुष्मान,०० घडी १३ पला,बिहान ०६ बजेर ३८ मिनेट उप्रान्त सौभाग्य । करण गर,दिउसो ०१ बजेर २१ मिनेट उप्रान्त वणिज,रातको १२ बजेर २० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा पद्य योग । चन्द्रराशि तुला । काठमाडौंमा सूर्योदय ०६ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २६ घडी २७ पला । काठमाडौंको पशुपतिक्षेत्र, नुवाकोटको तारुकाघाट, झापास्थित शताक्षीधाम र अर्जुनधारा, रामेछापको त्रिवेणी, खोटाङस्थित हलेसी महादेवस्थान लगायत शिवालय एवं तीर्थस्थानहरूमा बाला चतुर्दशी मेला सुरु ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । व्यावसायकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
न्यालयसँग सम्बन्धित मुद्दामामिलामा तपाईको जित सुनिश्चित हुनेछ । बिद्या तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । आफन्त तथा मावली पक्षको सहयोगले आर्थिक समस्याहरु हल भएर जानेछ । उद्योग धन्दा तथा कलकारखानाको लगानिबाट आम्दानिमा बढोत्तरि हुनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या केही भए हल भएर जानेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । तरपनि सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आत्मिय मित्र तथा आमा सँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । व्यावस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने बिवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । लेखन कला तथा साहित्यमा बाकि रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रशङमा रमाउँने चाहनेहरुला लागि समय उत्तम रहेकोछ । आट,शाहस तथा पराक्रमा बृद्धि भएर जाने हुनाले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । व्यापार व्यावसायमा नाफा कमाउँन प्रसस्त समय खर्चिनु पर्नेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कलाकृति तथा गित संगीतको क्षेत्रमा समय लगानी गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ भने पद प्राप्तीको योग पनि रहेकोछ । व्यापारमा थोरै लगानि गरेपनि प्रशस्त आम्दानि हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले सफलता प्राप्त हुनेछ । स्रोतसाधनको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
गोप्यतामा ध्यान दिनुहोला,अतिगोप्य कुराहरु सार्वजनिक हुन सक्छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय घातक हुन सक्छ । खानपान तथा बाहिरी वातावरणको ख्याल नगर्दा रोगले सताउनेछ । तरपनि लामो दुरिको विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । विदेशी सामानमा गरिने लगानिबाट आम्दानि बढाउँन सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सामाजिक तथा तारिफयोग्य काम गरि चर्चामा आउन सकिनेछ । छुट्टिएका प्रेम सम्बन्ध पुनह सुचारु हुने तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । बिशिष्ट व्याक्तिहरुको सहयोगले सहजै लक्ष्य प्राप्ती हुनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा राम्रो प्रगति हुने तथा पुरस्कार जित्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेकोछ । व्यावसायमा लागनि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पतिको प्रयोग गरि आए बढाउँन सकिनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समयको महत्व बुझेर अगाडि बढ्दा चाहेको गन्तब्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केहि ढिला सुस्तिको चपेटामा परिएपनि अन्तत काम हुनेछ । खोजीमुलक काममा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । व्यापार व्यावसायमा केहि मन्दि आएपनि दैनिकि प्रभावित हुनेछैन ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
काम गर्ने बिभिन्न अवसर सदुपयोग गर्न नजान्दा समयले तपाईलाई पछि छोड्नेछ । व्यापारमा आम्दानि कम हुने तथा लगानि गर्न केहि समय कुर्नुहोला । प्रेममा अबिश्वास तथा धोका हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । आफन्त दिदिबहिनी सँग मनमुटाब सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस