वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानी तालिवान समूहसँग वार्ता सुरू भएको बताएका छन् ।
शुक्रबार अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ को ‘फक्स एण्ड फ्रेन्ड्स’ कार्यक्रमका लागि दिएको अन्तवार्तामा उनले भने , “हामीले तालिवान समूहसँग सम्झौताका लागि वार्ता गरिरहेका छौँ । हेरौँ के हुन्छ ।”
अमेरिकी राष्ट्रपतिको उक्त भनाई तालिवान समूहले करिब तीन बर्ष आफ्नो कब्जामा लिएका विश्वविद्यालयका दुई प्राध्यापक केभिन किङ (अमेरिका) र टिमोथी विक्स (अष्ट्रेलिया) लाई गत मङ्गलबार रिहा गरेपछि आएको हो । उनीहरु दुबै जना काबुलबाट सन् २०१६ को अगस्ट महिनामा अपहरणमा परेका थिए ।
अफगानिस्तानले उहाँहरूसहित १० जना अफगानी सेनाको रिहाइका लागि जेलमा रहेका अनास हक्कानीसहित तीन तालिवानी नेतालाई छोड्ने सहमति केही दिन पहिले भएको थियो ।
कैँदीहरूको आदानप्रदानले तालिवानसँगको शान्तिवार्ता पुनः सुरू हुने विश्वास जगाएको छ । गत सेप्टेम्बरमा अमेरिकी दुई नागरिकको मृत्युपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत एक सन्देश लेख्दै तालिवानसँगको वार्ता भङ्ग भएको जनाएका थिए । तालिवान समूहसँग वार्ता जारी रहेका समय पनि आक्रमणलाई निरन्तरता दिएको भन्दै अमेरिकाले एकतर्फीरूपमा वार्ता भङ्ग भएको घोषणा गरेको थियो ।
कैदीहरुको आदानप्रदानका लागि र त्यसपछि भएका नियमित प्रयासले वार्ता पुनः सुरू हुने विश्वास जगाएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खान, अफगानी राष्ट्रपति असरफ घानी र कतारका इमिर शेख तामिम विन हमाद अल थानीसँग फोनवार्ता गरी प्राध्यापकहरूको रिहाइ गर्न गरेको पहलका लागि धन्यवाद ज्ञापन गरेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस