काठमाडौं – भारतका विभिन्न स्थानमा नेटवर्किङ व्यवसायमा लगाइदिने भन्दै ठगी गर्ने समूहलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
नेपालका विभिन्न भागबाट भारत उक्त प्रदेशको गोरखपुर, कुशिनगर र बनारसमा स्थापना भएका नेटवर्किङ व्यवसायमा जागिर लगाइदिने भन्दै नेपाली युवा युवतिबाट पैसा असुल्ने तीनवटा कम्पनीमा काम गर्ने समूहलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
प्रहरीले पैसा असुल्ने लमजुङको दोर्दी गाउँपालिका– ५ का दर्पण लामा, दाङ लमही– ४ का कुशलराम चौधरी, धादिङ रोलाङ– ३ का ज्ञानेन्द्र मगर, काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका– ३ का चन्दित सिंह र बारा निजगढ– १२ का दावा लामालाई पक्राउ गरेको हो ।
प्रहरी प्रवत्ता डिल्लीनारायण पाण्डेले उनीहरुमाथि संगठित ठगी मुद्दा दायर गरेको बताउनुभयो । उक्त समूह रु आठ हजारदेखि रु तीन लाखसम्म रकम असुलेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ८० जनाले आफूहरुबाट लाखौ रकम असुलेको निवेदन दिएका थिए । प्रहरीले पक्राउ परेका व्यक्तिहरुबाट रु एक करोड ५२ लाख बिगो माग गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस