काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्का ६ जना सदस्यलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका छन् । दुईजना मन्त्रीहरुको जिम्मेवारी हेरफेर भएको छ । यस्तै, ३ जना राज्यमन्त्रीलाई हटाएर नयाँ राज्यमन्त्री नियुक्त गरिएकाे छ ।
यसअघि उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका उपेन्द्र यादवलाई उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि सो मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका भानुभक्त ढकाललाई यादवको स्थानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका रघुविर महासेठलाई हटाएर उनको स्थानमा वसन्तकुमार नेम्बाङलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेका मातृका यादवलाई हटाएर लेखराज भट्टलाई सो मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका लालबाबु पण्डितलाई हटाएर हृदयेश त्रिपाठीलाई सो मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रीबाट चक्रपाणी खनाललाई पनि हटाइएको छ । उनको स्थानमा घनश्याम भुसाललाई सो मन्त्रालयको जिम्मा दिइएको छ ।
यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीबाट गोकर्ण विष्टलाई विष्टलाई हटाएर रामेश्वर राय यादवलाई मन्त्री बनाइएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापालाई पनि मन्त्री पदबाट हटाइएको छ । उनको स्थानमा पार्वत गुरुङलाई सो मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
यस्तै, राज्यमन्त्रीमा भने तीनै जना नयाँ सदस्य नियुक्त गरिएको छ । मोतीलाल दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाइएको छ भने नवराज रावत स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएका छन् । यसैगरी, रामविर मानन्धरलाई सहरी विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
यसअघि धनबहादुर बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, रामकुमारी चौधरी कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री एवं डा. सुरेन्द्रकुमार यादव स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका थिए ।
नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण बिहीबार हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस