काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार केही मन्त्री हेरफेर गर्ने भएको आजको कान्तिपुर दैनिकले समाचार छापेको छ |
मंगलबार बसेको बैठकमा मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी ओलीले सामान्य परिवर्तन गर्न लागेको संकेत गरेका थिए |
‘मन्त्रिपरिषद्को यो अवधिसम्म जति काम भयो ठिकै भयो, भोली आउनेले पनि राम्रै काम गर्लान्,’ बैठकमा प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक मन्त्रीले भने, ‘भोलि (बुधबार) तपाईंहरुले सार्वजनिक कार्यक्रम नराख्नुहोला, उपत्यका छाडेर धेरै टाढा पनि नजानु होला।’
प्रधामन्त्री ओलीले आफूले सोचविचार गरेरै केही निर्णय गर्न लागेको बताए।
‘मैले केही सोचिरहेको छु, भोली केही न केही निर्णय लिन्छु होला, सहकार्यका लागि तपाईंहरु सबैलाई धन्यवाद’ प्रधामन्त्री ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘फेरि पनि सहकार्य हुने नै छ, चित्त नदुखाउनु होला।’
बुधबारै मन्त्रिपरिषद्बाट बाहिरिने सूचीमा रहेका उद्योगमन्त्री मातृका यादव र कृषिमन्त्री चक्रपाणी खनाल बैठकमा नआएको स्रोतको भनाई छ।
त्यसैगरी दुबै उपप्रधानमन्त्री र शिक्षामन्त्री विदेशमा भएकाले उपस्थिति थिएनन् भने, अर्थमन्त्री युवराज खतिवडा र भूमि व्यवस्थामन्त्री पद्मा अर्याल पनि मंगलबारको बैठकमा उपस्थित थिएनन्।
प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र आफू निकटका केही मन्त्री तथा नेतासँगको परामर्शमा मन्त्रिपरिषद् हेरफेर गर्ने निर्णय गरेका हुन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार ५ देखि १० जनासम्म मन्त्री परिवर्तन हुन सक्नेछन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस