काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समाजसेवामा रोटरी इन्टरनेशनलले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ ले आज यहाँ आयोजना गरेको कुटनीतिक नियोगका प्रमुखको छलफलमा उनले रोटरी इन्टरनेशनलले सरकार र निजी क्षेत्रको आँखा नपुगेको ठाउँमा सामाजिक संस्थाको रुपमा काम गरेको उल्लेख गरेका छन् ।
“विद्यालय, अस्पताल, भूकम्पपछिको पुनःनिर्माण, ब्लड बैंक स्थापनालगायत क्षेत्रमा काम गरेको छ,” उनले भने । रोटरी इन्टरनेशनललाई नेपालमा काम गर्ने वातावरण सरकारले तयार गर्ने मन्त्री ज्ञवालीको भनाइ थियो । विभिन्न देशका राजदूत स्वयं रोटरीमा आवद्ध भएका कारण पनि रोटरीमार्फत राजदूतावासबाट नेपालमा धेरै काम भएको उनले उल्लेख गरे ।
डिस्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले नेपालको विकासका लागि रोटरी इन्टरनेशनलले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले रोटरी इन्टरनेशनलले भूकम्पले क्षति पु¥याएको २७ विद्यालय पुनःनिर्माण गरेको बताएका छन् । नेपाल सरकारका पूर्वमुख्यसचिव रोटरीयन तीर्थमान शाक्यले विश्वभर ३५ हजार ८९३ क्लबमा झण्डै १२ लाख रोटरीयन आवद्ध रहेको उल्लेख गरे । रोटरी इन्टरनेशनलले ट्राफिक जनचेतना, सडक सुरक्षा, बालबालिकाको स्वास्थ्यलगायतका क्षेत्रमा समेत काम गरेको उनको भनाइ छ ।
नेपाल सरकारका पूर्वसचिव रोटरीयन केदारभक्त श्रेष्ठले रोटरी इन्टरनेशनलले दिगो विकासको लक्ष्यलाई पूरा गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् । नेपालमा सन् १९५९ देखि रोटरी इन्टरनेशनलले शाखा स्थापना गरी सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस