काठमाडौँ – नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वाम गठबन्धन काग र कोइली जस्तो भएको बताएका छन् ।
उपनिर्वाचनका सन्दर्भमा बागलुङको पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाको राजकुटमा आज भएको काङ्ग्रेसको चुनावीसभालाई सम्बोधन गर्दे सिटौलाले सङ्घीयता कार्यान्वयन गर्ने नेकपा र सङ्घीयता चाहिदैन भन्ने पार्टी राष्ट्रिय जनमोर्चाको तालमेलले जनता हसाएको आरोप लगाएका छन् ।
आगामी मङ्सिर १४ गते हुन गइरहेको बागलुङ क्षेत्र नं– २ प्रदेशसभा ‘ख’मा हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी आयोजना गरिएको सभामा बोल्दै नेता सिटौलाले नेकपाले आफ्ना कार्यकर्ताको मर्म विपरीतको कार्य गरेको भन्दै काङ्ग्रेसले खबरदारी गर्ने बताए ।
सिटौलाले कार्यकर्तालाई आफ्ना उम्मेदवारलाई जिताउन घरदैलोमा जुट्नका लागि आग्रह गरेका थिए । काङ्ग्रेसका चुनावी अभियानका लागि सभापति शेरबहादुर देउवा, युवा नेता गगन थापा बागलुङ आउने कार्यक्रम रहेको जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस