काठमाडौँ- आफैँले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाउने मोहम्मद अफ्ताब आलमविरुद्ध मुद्दा चलाउने जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता फणीन्द्रराज कटवालको मकवानपुर सरुवा भएको आजको नयाँ पत्रिकाले समाचार छापेको छ ।
समाचार अनुसार आइतबार उनको सरुवा भएको हो । असुरक्षा महसुस भएको भन्दै उनले सरुवा मागेका थिए । आलम कारागार चलान भएलगत्तै शुक्रबार नै उनी जिल्ला छाडेर काठमाडौं आएका थिए ।
मकवानपुरका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद भट्टले केही दिनपछि अनिवार्य अवकाश पाउन लागेकाले रिक्त हुने स्थानमा कटवाललाई सरुवा गरिएको हो । रौतटहमा भने विशेष सरकारी वकिल कार्यालयमा कार्यरत सुवासकुमार भट्टराईलाई खटाइएको छ ।
त्यस्तै, ०६५ सालमा आलमविरुद्ध मुद्दा नचल्ने निर्णय गर्ने रौतहटका तत्कालीन सरकारी वकिल धु्रवमणि ज्ञवालीको वीरगञ्जबाट सुर्खेत सरुवा भएको छ । उनी उच्च सरकारी वकिलको कार्यालय वीरगन्जमा कार्यरत थिए ।
आलमको मुद्दा उच्च अदालतमा जाने र ज्ञवालीले नै बहस गर्नुपर्ने भएकाले उनलाई उच्च सरकारी वकिल कार्यालय सुर्खेत सरुवा गरिएको छ । उच्च सरकारी वकिल कार्यालय वीरगन्जमा विशेष सरकारी वकिल कार्यालयमा कार्यरत कृष्णमोहन कोइरालालाई पठाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस