काठमाडौँ– पूर्वराष्ट्रपति डा रामवरण यादवले प्रेस लोकतन्त्रको अक्सिजन भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको नवनिर्मित भवनको प्रथम तल्लाको उद्घाटन गर्दै आज उनले जुन देशको प्रेस जति बलियो र स्वतन्त्र हुन्छ त्यहाँको लोकतन्त्र त्यति बलियो हुने गरेको बताए ।
उनले देशको समुचित विकासमा स्वतन्त्र प्रेसले निक्कै महत्वपूर्ण भूमिका खेलेको हुनाले प्रेसलाई कुनै पनि देशले सङ्कुचन गर्न नहुने र देश, समाज तथा जनताको चौतर्फी विकासका लागि पूर्ण प्रेस स्वतन्त्रतालाई प्रोत्साहन गर्नुपर्ने धारणा राखेका छन् ।
प्रेस सङ्कुचनमा परे लोकतन्त्र धरापमा पर्ने र लोकतन्त्र धरापमा परे जनताले दुःख पाउने तथा विकासका सारा बाटा बन्द हुने उल्लेख गर्दै उनले देश र जनताका भलाइ र समुचित विकासका लागि देशमा पूर्ण स्वतन्त्रतासहितको प्रेसको विकल्प नरहेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले नेपालमा तीनै तहका सरकारले प्रेसलाई सङ्कुचनमा पार्न खोजेको आरोप लगाएका छन् । त्यस्तै सम्बोधनकै क्रममा प्रदेश नं २ का पत्रकार महासङ्घका अध्यक्ष दीपेन्द्र चौहानले नेपालमा प्रेस चौथो अङ्ग भएर पनि स्वतन्त्र नरहेको तथा सधैँ आफ्नो अस्तित्वकै लागि सरकारसँग लडाइ लडिरहेको बताए ।
कूल रु ३६ लाख ५३ हजार लागतमा बनेको महासङ्घको प्रथम तल्लाको आज भएको सो उद्घाटन कार्यक्रम शाखाका अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस