जनकपुर-प्रदेश २ सरकारको विकास योजनामा व्यापक अनियमितता भएको पाइएको छ । गत आर्थिक वर्षका योजनाको भुक्तानी नभएपछि प्रदेशसभाबाट गठन भएको उच्चस्तरीय संसदीय छानबिन समितिले काममा अनियमितता भएको ठहर गरेको हो ।
गत वर्ष विभिन्न मन्त्रालयको ८ सय ४२ वटा योजनाका भुक्तानी हुन नसकेपछि सभामुख सरोज यादवको संयोजकत्वमा छानबिन समिति बनेको थियो । सो समितिले स्थलगत अनुगमन गरेपछि अनियमितताको खुलासा भएको हो । समितिले अनुगमनको प्रतिवेदन प्रदेशसभा बैठकमा सार्वजनिक गरिसकेको छ ।
१ अर्ब ३९ करोडको ८ सय ४२ रुपैयाँ बराबरका योजनामा काम अघि बढाइएको थिए । तर, त्यससमध्ये ९१ करोड ३९ लाख रुपैयाँ बराबरका योजनामा मात्र काम गरिएको समितिले ठहर गरेको छ ।
प्रतिवेदनअनुसार ७ प्रतिशत योजनामा कामै नगरि भुक्तानीका लागि रकम निकासाको माग गरिएको छ । ९ करोड ८ सय ४२ रुपैयाँ बराबरको योजनाको कामै नगरी भुक्तानी माग गरिएको देखिन्छ । मूल्यांकनमा संलग्न प्राविधिकले कमिसन लिएर गर्दै नगरेको कामको मूल्यांकन सम्पन्न भएको भन्दै चरम लापरबाही गरेको प्रतिवेदनमा उल्लेख छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस