महोत्तरी– पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संस्कृत भाषा र साहित्य समृद्ध रहेको बताएका छन् । महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत मावि र याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) मा अध्ययन गरेका भूतपूर्व संस्कृत विद्यार्थी समाजको जारी प्रथम सम्मेलनका सहभागी प्रतिनिधिसँग आज बिहान सम्मेलन सफलताको कामना गर्दै वरिष्ठ नेता नेपालले संस्कृत भाषा वैज्ञानिक हुनाका साथै ज्ञानको खानी भएको बताएका छन् ।
बिहान राजकीय संस्कृत विद्यालय परिसर पुग्नुभएका नेपाललाई संस्कृत माविका विद्यालयका विद्यार्थीले वैदिक मन्त्रोच्चारणबीच स्वस्तिवाचन गरेका थिए । संस्कृत मावि र विद्यापीठको अवलोकन गर्नुभएका नेपाललाई समाजमा आबद्ध दुवै शिक्षालयका पूर्वविद्यार्थीले स्वागत गर्दै संस्कृत शिक्षा उपेक्षित हुँदै गएको गुनासो गरेका थिए ।
सम्मेलनमा सहभागी हुन आएका समाजमा आबद्ध हाल पूर्वाञ्चल विश्वविद्यालयका डिन डा शम्भु कोइरालाले मटिहानीको मुख्य आकर्षण संस्कृत शिक्षा भएको उल्लेख गर्दै यसको संवद्र्धनका लागि नेपालको ध्यानाकर्षण गराएका छन् ।
सम्मेलनका सहभागीसँग वरिष्ठ नेता नेपालले संस्कृतको संरक्षण र संवद्र्धनमा सबै तहका सरकार र प्रबुद्ध वर्गको निरन्तर सहयोग रहनुपर्नेमा जोड दिए । आफ्नो तहबाट यसका लागि उच्चतम प्रयत्न गरिने नेपालले प्रतिबद्धता जनाएका छन् । समाजको प्रथम सम्मेलनमा सहभागी हुन ५० वर्षअघि सम्मका ३०० पूर्वविद्याथी अहिले मटिहानी पुगेका छन् ।
शुक्रबार शुरु भएको सम्मेलनको उद्घाटन गर्दै प्रदेश—२ का प्रमुख तिलक परियारले सबै संस्कृति परम्परा र भाषाले संवद्र्धनको अवसर पाउनुपर्ने उल्लेख गरे । समारोहमा प्रदेश–२ सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले मटिहानी धार्मिक र पुरातात्विक महत्वको ठाउँ भएको उल्लेख गर्दै यसको विकासमा प्रदेश सरकारले पहलकदमी लिएको बताएका थिए ।
मटिहानीमा वैदिक भाषा संस्कृतको पठनपाठन हुने मावि र उच्च शिक्षा पठनपाठन हुने विद्यापीठसहित मुलुकभरिका मठ र गुठीमध्ये मुख्य मानिँदै आएको लक्ष्मीनारायण मठ छ । नेपाल–भारत सीमा क्षेत्र अवस्थित मटिहानी रामायणकालमा राम जानकीको विवाहमा वेदी बनाइने माटो मटिहानीकै लक्ष्मीसागरबाट लगिएको विश्वास गरिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस